गणतन्त्र स्थापना, संघियताको व्यवस्था र संविधान घोषणा पश्चात यतिखेर मुलुक स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा पुगेको छ । विगत लामो समयदेखि देशमा देखिएको राजनैतिक अन्यौलताका विच स्थिरताको केहि संकेत देखिएको छ । विकास निर्माण र व्यवस्थापनका पक्षहरु क्रमश सुधारोन्मुख रहेका छन् । तथापी २१ औ सताव्दीको तिव्र गतिशिल समयमा दु्रततर विकासको जरुरत छ न की सामान्य । आर्थिक, सामाजिक, सास्कृतिक लगायत राजनैतिक क्षेत्रमा समेत समयसापेक्ष विकासको छलाङ मार्नु अपरिहार्य बनिसकेको छ जसका लागि समाजका हरेक तह तप्का, क्षेत्र, वर्ग, लिङ्ग, समुह आदिको सक्रिय सहभागिता एवं साथ सहयोगको नितान्त जरुरत पर्दछ ।

समाजका हरेक विकास निर्माण तथा त्यको समुचित व्यवस्थापन समकालिन राजनितिबाट प्रभावित हुन्छ । निति नियमको निर्माण तथा प्रयोग, कार्यक्रम योजना परियोजनाको छनौट तथा व्यवस्थापन लगायतका पक्षहरुमा कतिको राजनैतिक दुरदर्षिता छ त्यसैको आधारमा त्यस क्षेत्रको भविष्य निर्भर तथा दिशानिर्देशित रहन्छ । तसर्थ समुन्नत समाज निर्माणका लागि कुशल एव दुरदर्षि राजनेताको जरुरत रहन्छ । यद्यपी हाम्रो देशको सवालमा विगतदेखिको राजनैतिक प्रचलनलाई हेर्ने हो भने राजनैतिक नेतृत्वको लागि योग्य हुने लक्षण, क्षमता एवं सार्मथ्य उमेर ढल्के संगै आर्जन हुने गुणको रुपमा लिने गरेको पाईन्छ । यस परम्परागत मान्यताले न हामिले सोचेको जस्तो विकास निर्माणको गति अघि बढेको छ न त भविष्यमा नै समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ ।

अहिलेको दु्रततर समाजले आर्थिक, सामाजिक एवं राजनैतिक सुस्तता सहन सक्दैन । विज्ञान र प्रविधिको विकास संगै जनताको चेतनास्तर व्यापक बृद्धि भएको छ भने हरेक जानकारी तथा सुचनाको पहुँचमा सक्षम भएका छन् । पुरातन ज्ञान र अनुभवले मात्र अव पुग्दैन । त्यसैले अवको राजनितीक नेतृत्वमा क्षमतावान, सक्षम एवं प्रगतिशिल युवाहरुको अपरिहार्यता बनिसकेको छ । समय सापेक्ष परम्परागत प्रचलन र मान्यताहरु तोड्न जरुरी भईसकेको छ । विगतदेखिको घटनाक्रमलाई हेर्ने हो भने नेपाली राजनितिमा युवालाई ढुङ्गामुडा गर्ने तहमा मात्र कल्पना गरिन्छ । कम उमेर, अपरिपक्वता र आलाकाँचा ठिटाहरुको उपमा दिएर युवाहरुलाई पाखा लगाउदै निर्णायक तहमा अनुभवको आडमा अझै पनि कपाल फुलेकाहरुको बाहुल्यता रहेको छ । नेतृत्वको लागि यस प्रकारको अघोषित निषेधको न कुनै युवामा राजनैतिक चेतनाको विकास गर्नसक्छ न त विकास निर्माणमा उत्प्ररित नै गर्नसक्छ ।

यदि साच्चै नै हामि समाजको विकास र भावि पुस्ताको समुन्नतीको निम्ति राजनिति गरिरहेका छौ भने प्रौढमात्र उमेद्वार हुने नियमितताको क्रमभंगता हुनुपर्छ, राजनितिमा युवालाई आर्कषित गर्नुर्पछ, उनिहरुलाई साथ सहयोग र गति दिनुर्पछ, अझ अघि बढ्न प्रेरणा दिनुर्पछ, तिखारिन र निखारिन दिनुर्पछ, अनिमात्र देशको भविष्य उदाउँदो हुन्छ । घोषित स्थानीय चुनावको प्रसंगलाई सरसरति हेर्ने हो भने हाल प्रश्तावित विभिन्न राजनैतिक दलका अधिकांस उमेद्वारहरु निति तथा प्रविद्धताका आधारमा भन्दा पनि कि त सदस्यता अवधिको जेष्ठता अनुसार तय भएका छन् कि त नाताबाद, कृपाबादका र अवसरबादका आधारमा छनौट गरिएका छन् । अवस्था यस्तो सम्म पनि छ कि विगत २ ÷३ दशकदेखि स्थानीय तहको नेतृत्व सम्हालिसकेकाहरु फेरी पनि सोहि पदका लागि उमेद्वार बनिरहेका छन् । यसले युवा नेतृत्वलाई स्थान त दिएको छैन नै उनिहरुको बारम्बारको पदमोह लाई सम्म छर्लङ्ग बनाईदिएको छ । प्राय गाउँपालिका तथा नगरपालिकाकामा युवा नेतृत्वलाई स्थान दिएको देखिदैन ।

यस्तो राजनैतिक सिन्डिकेटले उदयिमान युवा पुस्तामा राजनैतिक संस्कार र शैलीप्रति एकप्रकारको बितृष्णा पैदा गरिरहेको छ जसले पुस्तागत ध्रुविकरणको साथै दुरगामि आर्थिक सामाजिक रुपान्तरण र अग्रगामि परिर्वतनका लागि समेत घातक हुनसक्छ । अन्तमा, उमेद्वारलाई नेतृत्व क्षमता, जवाफदेहिता, साहास, जोश, जाँगर र प्रतिवद्धताको आधारमा मुल्याङ्कन गरिनुर्पछ न कि उमेरको आधारमा । आज राजनैतिक दक्षता र सक्षमता भएका कयौ युवाहरु राजनितिक मुलधारबाट पछाडि पारिएका छन् । अझ भनौ उनिहरुका क्षमतालाई नजरअन्दाज गरिएको छ । यस्तो विषम परिस्थितिमा सम्पूर्ण चेतनशिल युवाहरु जागरुक बन्न जरुरी छ ।

एकजुट भई हातेमालो गर्दै यो राजनितिक शिन्डिकेटको पर्खाल भत्काउनुको विकल्प छैन । आसन्न स्थानिय निर्वाचन एउटा स्वर्णिम अवसर हो जसमा हरेक क्षेत्र, वर्ग, लिङ्ग, समुदाय र राजनैतिक आस्था भएका युवाहरुको सहकार्य र एक्यवद्धता हुनै पर्छ तव मात्र युवाले परिकल्पना गरेको समुन्नत समाज निर्माण संगै सुनौलो भविष्य आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न सकिनेछ । (लेखक युवा संजाल जिरीका अध्यक्ष हुन्)

 

LEAVE A REPLY