दुर्गेश थापाको छाडा गितलाई तत्काल प्रतिबन्ध लगाएर पक्राउ गरियोस !

गायक दुर्गेश थापाले हालै ‘द मास्कर’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरे लगतै बिबादित बनेको छ । यो गीत रिलिज लगत्तै गीत हेर्ने/सुन्ने नेपालीले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

दुर्गेशले सोमबार सार्वजनिक गरेको गीतमा हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । तीमध्ये केहीले यो गीत निकै दमदार भएको लेखेका छन् । धेरैले भने गाली गरेका छन् ।‘दुर्गेश थापाको नयाँ गीत आएको रैछ, यसो सुनेको संसारकै उत्कृष्ट लिरिक्स रहेछ, अन्तर्राष्ट्रिय अवार्ड थाप्नुहुने भयो,’ एक प्रयोगकर्ताले फेसबूकमा लेखेकी छिन्, ‘यस्तो गीत गाउनुभन्दा मागेर खानु राम्रो ।’

युट्युबमा भने धेरैले गीतले मन जितेको बताएका छन् । दुर्गेशका केही डाइहार्ड फ्यानले गीत मन परेको लेखेका छन् । ‘निर्मला पन्तको बारेमा बोलेको राम्रो लाग्यो, गीत त हावा नै हो,’ एक प्रयोगकर्ताले युट्युबमा कमेन्ट गरेका छन् ।

गीतमा प्रयोग गरिएका शब्दलाई लिएर धेरैले विरोध गरेका छन् । कतिले भने गीत राम्रो भएको भन्दै दुर्गेशको समर्थन गरेका छन् ।नारायण आचार्यले लेखेका छन्, ‘यो गीत दामी छ भन्नेहरु पनि एउटा समाजकै विकृति हुन् ।’दुर्गेशले गीतमा केही छाडा शब्दको प्रयोग गर्दै समाजमा देखिएका विकृतिलाई गाली गरेका छन् ।‘

म पनि एक साहित्य क्षेत्रमा रुचि राख्ने भएकोले गायक दुर्गेश थापा निकै राम्रो मोडेल तथा गायक जस्तो लागेको थियो तर पछिल्लो समयमा उनको नयाँ गीत आएको रहेछ, जसले यो गीत दामी छ भनेर कमेन्ट गरेका छन् त्यी पनि नेपाली समाजमा विकृति ल्याउने मानिस हुन् ,’ अमृता पौडेलले कमेन्ट गरेकी छिन्, ‘ओहो भगवान यस्तो गीत परिवारको माझ बसेर कसरी सुन्नेरुरु छोराछोरी यस्तो गीत सुनेर कुन मार्गमा जालान्, यसलाई दुर्गेश थापाको कला होइन अत्यधिक छाडा गीत मानिन्छ, अब हाम्रो संस्कृति कतातिर जान्छ?’अर्का एक प्रयोगकर्ताले आपत्ति जनाउँदै लेखेका छन् – यो गीतलाई प्रतिबन्ध लगाएर तत्काल गाउनेलाई पक्राउ गरेर मुद्दा चलाउनु पर्छ ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस्।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी