कठैभरा ! १ महिनाको सुत्केरी चिउरा खादै बन्द कोठामा, यस्तो कसैलाई नपरोस (भिडियो सहित)

विश्व भरि फैलिएको कोरोना भाइरस (covid 19) लाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लक डाउन गरेको छ । लक डाउन थपेसंगै ज्याला मजदुरी गरि खाने धेरै नेपालीहरुमा भोकमारी शुरु भएको छ । कति मजदुरहरु काठमाडौँमा भोक भोकै मरिने अवस्था आए संगै पैदल हिडेरै आफ्नो गाउ जाने गरेको पाइएको छ ।

अझै पनि काठमाडौँको गल्लि गल्लीमा कोठा लिएर बस्दै आएका धेरै मानिसहरु एक छाक खाना नपाएर बस्न बाध्य छन् । धेरै जसो दिउसो काम गरि बेलुकाको छाक टार्ने मजदुरहरु मारमा परेका छन् ।

यस्तै बिचल्लीमा परेका एक दम्पति मिडियामा सहयोग माग्दै आएका छन् । हेटौडा घर बताउने ति दम्पति श्रीमानले कान राम्रो संग सुन्दैन भने श्रीमती एक महिनाको सुत्केरी छिन । ज्यालादारीमा काम गर्ने श्रीमानको लक डाउनले काम ठप्प भएपछी उनीहरुको चुलोमा खाना नपाकेको महिना दिन हुन लागेको रहेछ ।

सुत्केरी श्रीमती र बच्चा को बिजोग टुलुटुलु हेरेर बसेको श्रीमान बताउछन् । उनीहरुको कोठामा केहि खाने कुरा नभएपछी मिडियाकर्मीले उनीहरुलाई केहि राहत मिलोस भनि एक बोरा चामल र नुन तेल किनी दिएका छन् तर उनको कोठामा ग्यास चुलो भए पनि ग्यास सकिएको रहेछ ।

ग्यास तिर हेर्दै श्रीमानले खाने कुरा त पायो अब ग्यास कसरि ल्याउने भन्दै सबै जना स्तब्ध भएका थिए । बाकि तलको भिडियोमा हेर्नु होला ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस्।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी