२ दिन विश्वभर इन्टरनेट बन्द हुनसक्छ

इन्टरनेट प्रयोगकर्ताको लागि आउने २ दिन समस्या पर्ने देखिएको छ । आगामी २ दिन विश्वभरको इन्टरनेट सर्भिसमा बाधा आउन सक्ने अन्तराष्ट्रीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।‘रसिया टुडे’को रिपोर्टअनुसार मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समास्या देखिन लागेको हो ।

रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ लाई यो समयमा मर्मतका कामहरु गर्नुपर्ने छ । ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले क्रिप्टोग्राफिक की लाई बदल्न लागेको छ । जसले इंटरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टम (डिएनएस) लाई सुरक्षित बनाउँछ ।

कम्युनिकेशन रेगुलारिटी अथोरिटीले भनेको छ, ‘यदि इंटरनेट प्रयोगकर्ताले नेटवर्क अपरेटर वा इंटरनेट प्रोभाइडरहरु यो यसको लागि तयार भएनन् भने इंटरनेट सेवा सुचारु हुनपनि सक्छन् । जबकी उचित सिस्टर सेक्युरिटी एक्सटेनसनलाई सुचारु गरेको खण्डमा भने यसको असरबाट बचाउन सकिन्छ ।’

साइबर घटनाको बढ्दो आक्रमणलाई मध्यनजर गर्दै विश्वभरको इंटरनेट २ दिन यानिकी ४८ घण्टाको लागि बन्द गरिने ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले जनाएको छ । कम्युनिकेशन रेगुलारिटी अथोरिटीका अनुसार डिएनएसलाई सुरक्षित बनाउनको लागि विश्वभरको इंटरनेट सटडाउनु हुनु जरुरी छ ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस्।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी