
विश्व भरि फैलिएको कोरोना भाइरस (covid 19) लाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लक डाउन गरेको छ । लक डाउन थपेसंगै ज्याला मजदुरी गरि खाने धेरै नेपालीहरुमा भोकमारी शुरु भएको छ । कति मजदुरहरु काठमाडौँमा भोक भोकै मरिने अवस्था आए संगै पैदल हिडेरै आफ्नो गाउ जाने गरेको पाइएको छ ।
अझै पनि काठमाडौँको गल्लि गल्लीमा कोठा लिएर बस्दै आएका धेरै मानिसहरु एक छाक खाना नपाएर बस्न बाध्य छन् । धेरै जसो दिउसो काम गरि बेलुकाको छाक टार्ने मजदुरहरु मारमा परेका छन् ।
बाटो देखि गल्लि गल्लीमा भोक भोकै हिडेको देखेपछी बौद्ध जोरपाटीका केहि युवाहरुले खाना खुवाउने योजना बनाए । लक डाउन भएपछी उनीहरुले अरुको भोको पेट देख्न सकेन । उनीहरुले एक बोरा चामल बाट शुरु गरेको खाना खुवाउने अभियानमा अहिले पुरै टोलबासि आएर मजदुरलाई खान खुवाउन सहयोग गर्दै आएको छ ।
प्रत्येक दिन उनीहरुले सात सय मजदुरलाई खान खुवाउने गरेको ति युवाहरु बताउछन् । खाना खान बौद्ध जोरपाटीको मुख्य सडक खण्डमा अहिले निकै नै लामो लाइन लाग्ने गरेको पाइन्छ । त्यहाँ खाना खानकै लागि टाढा टाढाबाट समेत हिडेर आउने गरेको पाइन्छ ।
बाकि तलको भिडियोमा हेर्नुहोला
यो पनि पढ्नुस
जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।
अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।
सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस्।
पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।
यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।
त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।
आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी