तेह्रथुममा -यापिड टेष्टमा ६ जनामा कोरोना पोजिटिभ देखियो

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा गरिएको -यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ ।

मेन्छयायेम गाउँपालिकामा भएको आरडीटी परीक्षणका क्रममा एक युवकमा नतिजा पोजिटिभ देखिएको दुई दिन पछि थप ५ जनामा कोरोना पोजिटिभ देखिएपछि ४ जनालाई जिल्ला अस्पतालमा राखिएको छ ।

शुक्रबारको परीक्षणमा एक महिना अघि काठमाडौं गएर मेन्छ्यायेम फर्किएका युवाको कोरोना पोजिटिभ देखिएको थियो भने शनिबार गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले जानकारी दिए ।

यस्तै शनिबार गरिएको आरडीटी परीक्षणमा थप ५ जनाको रिपोर्ट कोरोना पोजिटिभ देखिए पछि १ युवाका बुवा र आमालाई जिल्ला अस्पताल पठाईएको गाउँपालिकाका प्रवक्ता बुढाथोकीले बताए ।

अन्य दुई जना युवाहरुलाई भने मेन्छ्यायेम गाउपालिकामा निर्माण गरिएको आईसोलेसन वार्डमा राखिएको छ । कोरोना पोजिटिभ देखिएका युवाहरु गाउमै साथीभाई र परिवारसँगै बस्दै आएका थिए ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस्।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

1 Comment

  1. यो कहाँ सम्म को सत्य हो । बिस्तृतमा जानकारी पाउन सकिन्छ कि?

Comments are closed.