निको भएर फर्किइन दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ, यसरि साटिन खुशियाली

२७ दिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगको आइसोलेसन कक्षमा बसेकी नेपालकी दोस्रो कोरोना संक्रमित युवती शनिबार पूर्णरुपमा निको भएर घर फर्केकी छिन् ।

अध्ययनको शिलशिलामा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी मैतिदेवीकी १९ वर्षिया किशोरीमा चैत १० गते कोरोना देखिएको थियो । पहिलो कोरोना देखिएको ६० दिन अर्थात २ महिनापछि नेपालमा दोस्रो कोरोना संक्रमित भएकी थिइन् काठमाडौं मैतिदेवी स्थायी घर भएकी १९ वर्षिया प्रसिद्धी श्रेष्ठ ।

टेकुमा एक पत्रकार सम्मेलन मार्फत ती युवतीको तस्विर र नाम सार्वजनिक गरिएको हो । यसगाडी यी युवतीको नाम र तस्विर सार्वजनिक गरिएको थिएन ।

तस्विर सार्वजनिक गरेपछी स्वास्थ्य मन्त्रालय भन्छ : “प्रसिद्धि श्रेष्ठ जस्तै अरु संक्रमित पनि यसैगरी हाँसिखुशी घर फर्किउन् र संक्रमण न्यून सङख्यामै नियन्त्रण गर्न सकियो भन्ने कामना गर्दछौं ।”

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको श्रेष्ठले बताएकी छिन् ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।अब कोरना संक्रमण भएर अस्पतालमा उपचाररथ विरामी सङख्या २८ पुगेको छ ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस्।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी