”चिकित्सा सामग्री खरिदमा भ्रष्टाचार गरेको प्रमाणित भए झु’न्ड्याउनुपर्छ” : झलनाथ खनाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिकित्सा सामग्री खरिद प्रकरणमा ब’दमासी गरेको ठ’हरिए ह’दैसम्मको का’रबाही गर्ने बताएका छन् । “चिकित्सा सामग्री खरिदमा अनियमितता भएको रहेछ भने हदैसम्मको का’रबाही गर्छौं । भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झु’न्ड्याउनुपर्छ,” उनले भने ।

खनालले लकडाउनमा घरभित्रै बसेकाले आफूले अध्ययन गर्न नपाएकाले थप टिप्पणी गर्न सक्ने अवस्था नरहेको उनले बताए । “लकडाउनले गर्दा घरमै छु । बाहिर निस्कने अवस्था छैन । पार्टी कमिटीको बै’ठक बस्ने अवस्था छैन । अनियमितता भएको छ भन्ने समाचार सुनेको छु । तर विस्तृत बुझ्न पाएको छैन,” उनले भने ।

अनियमितता भए पार्टीले कस्तो एक्सन लिन्छ भन्ने जि’ज्ञासामा उनले ह’दैसम्मको का’रबाही गरिने बताए । चीनबाट खरिद गरेर ल्याएका सामग्री गुणस्तरहीन भएको भन्दै चिकित्सकहरूले प्रयोग गर्न अ’स्वीकार गरेका छन् । वाणिज्य विभागमा दर्ता नै नभएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस इन्टरनेशनलसँग गरेको खरिद–सम्झौता र’द्द गरिसकेको छ ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

भगवान् शिवले ब्रह्माको पुत्रका रूपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव बाहेक अरू कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटोबाट कमलको डाठमा भगवान् ब्रह्मा प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए ।

तर, ब्रह्माले उनलाई चिन्न अस्वीकार गरे। तब विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए । त्यस पश्चात् भगवान् ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै भगवान् शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रूपमा जन्म लिने आशीर्वाद माग्न थाले ।

जब भगवान् ब्रह्माले सृष्टिको रचना आरम्भ गर्न थाले तब उनलाई एक बच्चाको आवश्यक पर्‍यो तब उनले भगवान् शिवले दिएको आशीर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रूपमा आफ्नो काखमा पाए ।