फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ! यसरी निस्किन्छ अनौठो नाग देवता (भिडियो सहित)

दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आफ्ना छुट्टै बिशेषता बोकेको छ । राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।

पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ । मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्।

स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो । साथै मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ ।

जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ । हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गर्छ । मेला हेर्नकै लागि जिरी नगरपालिका आसपासबाट थुप्रै भक्तजनहरु आउने गरेका छन्। जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरमा रहेको कुण्डमा ठुला नागको आकृति देखिने पनि गरेको स्थानीयको भनाई छ । त्यस्ता आकृति देख्नको लागि भक्तजनमा पबित्रता हुनुपर्ने र जे माग्यो त्यहि पुरा हुने पनि बिश्वास रही आएको छ । यस मन्दिरको बारेमा थप जानकारी भिडियोमा हेर्नुहोला :

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

भगवान् शिवले ब्रह्माको पुत्रका रूपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव बाहेक अरू कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटोबाट कमलको डाठमा भगवान् ब्रह्मा प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए ।

तर, ब्रह्माले उनलाई चिन्न अस्वीकार गरे। तब विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए । त्यस पश्चात् भगवान् ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै भगवान् शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रूपमा जन्म लिने आशीर्वाद माग्न थाले ।

जब भगवान् ब्रह्माले सृष्टिको रचना आरम्भ गर्न थाले तब उनलाई एक बच्चाको आवश्यक पर्‍यो तब उनले भगवान् शिवले दिएको आशीर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रूपमा आफ्नो काखमा पाए ।