यी हुन् नेपाल टेलिकमको नम्बरमा सम्पर्क गर्दा कोरोना सम्बन्धि सूचना दिने महिला

नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो । पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्छ । सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतनामूलक सन्देशमा आवाज दिएकी छिन् ।

प्रत्येक पटक फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिकमको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छ । यद्यपी टेलिकमको यो सन्देशमा स्वास्थ्य मन्त्रालयले थप अद्यावधिक गर्नुपर्ने देखिएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

1 Comment

  1. स्वर जति राम्रो छ, त्यो भन्दा व्यक्ति झन अति सुन्दरी । जे होस अब चाहि झन कोरोनाको सन्देश सुखिराख्नका लागि भएपनि कसै न कसैलाई फोन गरिराख्न मन लाग्यो ।

Comments are closed.