ब्यारेकभित्रै सशस्त्रका जवान भण्डारीले गरे आ’त्मह’त्या

बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत प्रहरी जवानले ब्यारेक भित्रै आ’त्मह’त्या गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन् ।

ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झु’ण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । भण्डारी राती १० बजेसम्म राजमार्गको डिउटीमा खटिएका थिए । डिउटी सकेर ब्यारेक पसेका उनी रातीको समयमा झु’ण्डिएको हुन सक्ने बताइएको छ ।

भण्डारीले सात वर्षअघि सश’स्त्र प्रहरीको सेवामा प्रवेश गरेका थिए। भण्डारीको परिवारले बैशाखमा उनको विवाह गर्ने तयारी समेत थालेको थियो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पुरीले भण्डारीको श’व परीक्षणका लागि वीरगन्ज पठाएको छ। परीक्षणपछि भण्डारीको श’व परिवारको जिम्मा लगाइनेछ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।