दोलखामा बन्द भएनन् विद्यालय, विद्यार्थी बोलाई परीक्षा सञ्चालन

कोरोना भाइरसको सम्भावित संक्रमणबाट हुने जोखिमबाट बच्न पूर्व सतर्कताका लागि सरकारले बिहीबारबाट एसईई समेत स्थगन गरी सम्पूर्ण विद्यालय, विश्वविद्यालयलगायत बन्द गर्ने निर्णय गरेको थियो। तर, एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले विद्यार्थी बोलाई परीक्षा सञ्चालन गरेको छ।

सरकारको निर्णयलाई चुनौती दिँदै एकीकृत विद्यालयस्तरीय परीक्षा समितिले जिल्लाका वटा स्थानीय तहका विद्यालयमा परीक्षा सञ्चालन गरेको छ। समितिले बिहीबार कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रम, कक्षा ६, ७ र ८ को पेसा व्यवसाय तथा कक्षा ९ को स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन गरेको हो।

कक्षा ८ बाहेक जिल्लामा निजी तथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने सो समिति, प्याब्सन र एनप्याब्सनले विद्यालयमा परीक्षा सञ्चालन गरेर सरकार र कोरोना भाइरसको संक्रमणलाई चुनौती दिएका हुन्। जिल्लाका निजी विद्यालयले समेत बिहीबार विद्यालय खोलेर परीक्षा सञ्चालन गरेका थिए।

९ वटा स्थानीय तहमध्ये जिरी नगरपालिकाले बुधबार सम्पूर्ण परीक्षा सम्पन्न गरेर बिहीबारबाट विद्यालय बन्द गरेको छ। गौरीशंकर गाउँपालिकाले बिहीबारदेखिकै सम्पूर्ण परीक्षा स्थगन गरेको छ। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले विद्यालय बन्द नगरेकोबारे जानकारी आएकाले शिक्षा समितिको बैठक बोलाएर शुक्रबार देखि बन्द गर्ने बताए।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।