११ वर्षकी नानीले २ भाइबहिनी पाल्दै, छोडेर गएका आमाबुवालाई सम्झेर सिरकले मुख छोपेर रुँदै भोको पेट सुत्छन्

सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको भावरटोलमा एक परिवार छ जसको ठूलो अभिभावक भनेको नै ११ वर्षीया बालिका हुन् । आमाले छोडेर गएपछि ११ वर्षीया छोरीले भाइबहिनी हेरेर बसेकी थिइन् । बुवा भारतमा वैदेशिक रोजगारीमा रहेका कारण घरमा साना छोराछोरी मात्र छन् । ११ वर्षको छोरीले भाइबहिनी पालेर बसेकी थिइन् । त्यो अवस्थाको बारेमा भिडियो सार्वजनिक भएपछि भारतमा रहेका बुवा भने अहिले फर्केर आएका छन् । तर उनीहरुको आर्थिक अवस्था भने निकै कमजोर छ । ११ वर्षको छोरीले आफु सहित ४ जनाको भाइबहिनी पालेर बसेकी थिइन् । उनको बुवाले दोस्रो विवाह पछि यि चार छोराछोरी जन्मिएका थिए ।

दलबहादुर दमाई नाम बताएका उनले भने पहिलो विवाह गरेको थिए त्यो श्रीमतीवाट छोराछोरी जन्मिएनन् । त्यसपछि दोस्रो विवाह गरेँ । मेरो र श्रीमतीको उमेरको निकै फरक थियो । मेरो उमेर अलि बढी भइसकको थियो घरमा श्रीमती सुन्दर र भर्खरकी थिइन् । चार छोराछोरी जन्माइन् । चार छोराछोरी र श्रीमतीलाई राम्रो जिवन जिउने बातावरण बनाउँछु भनेर म भारतमा कमाउन गएँ । तर मेरो श्रीमतीले घरमै अरु केटा ल्याउने बस्ने गरेको थाहा पाएँ । भारतमा कमाएको पैसा सबै पठाउँथे आफुले नखाएर बचाएर पढाएको पैसा अरुलाई खर्च गरेर ऋण लगाइछ ।

म भारतको लद्दाकमा थिए । त्यतीबेला नै श्रीमती साना बालबालिका छोडेर पोइला गइछ । त्यसपछि फर्केर आएर एउटा ९ वर्षको छोरा लिएर फेरी भारत गएँ । अलिकति पैसा कमाएर आउँला र छोराछोरीलाई सजिलो जिवन बनाउँछु भनेर गएको थिए । तर मिडियामा यस्तो देखेपछि फेरी फर्केर आएँ । घरमा भएको कुखुरा, बाख्रा, सुनचाँदी सबै बेचेर ऋणमा डुवाएर गइछ । म बुढो भइसकेँ अब त्यसरी कमाउन पनि सक्दिन । त्यसैले मेरो त जिवन जसरी पनि काटौंला तर यि छोराछोरीको भविष्यको तपाईहरुको हातमा छ ।

श्रीमतीले आफु म पुरानो घर जुम्ला जान्छु मलाई सुनचाँदी बनाउन लगाएकी थिइन् । एक पटक पोइला गएकी श्रीमतीलाई पनि उनले छोराछोरीका लागि फिर्ता लिएर आएका थिए । तर उनी फेरी पनि बसिनन् । अहिले कहाँ गइन् कता छन् भन्ने केही थाहा छैन । उनले बर्दियाको चौधरी थरको एक जनाले लिएर गएको बताउँछन् । छोराछोरीको मुख हेरेर पोइला गएको श्रीमती पनि फर्काएर ल्याएको बताए । उनले छोराछोरीको भविष्यका लागि उनी निकै चिन्तित छन् ।

यो पनि पढ्नुस 

सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सिताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् ।

डोलिमा बोकेर ल्याएकी दुलही हाल सुपा देउराली मन्दिर रहेको स्थान भन्दा करिब पचास मिटर दक्षिणमा पुग्दा डोलिबाट रगतको थोपा झरेछ । यो रगतको थोपा देखेर हाल मन्दिर रहेको स्थानमा आएर डोलिमा हेर्दा दुलही मृत अवस्थामा थिइन् । त्यसपछि खाँचिकोट राज्यमा विभिन्न रोग व्याधी र महामारी फैलिएर विभिन्न विध्न वाधाहरू उत्पन्न हुन थाले ।

एक जना खनाल थरका ज्योतिषलाई बोलाएर धामी, झाँक्री हेराउँदा त्यस ठाँमा दैविक शक्ति उत्पन्न भएको र कोलो पाठी बलि दिनु पर्छ भनेकाले त्यसै समय देखि खाँचिकोट राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको इतिहास पाइन्छ। त्यही समय देखि यस मन्दिरमा आफ्नो मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फूल, माला चढाएर पाठा पाठीको बलिपूजा गर्ने र परेवा उडाउने व्यापक प्रचलन रहेको छ ।