धादिङको बेनीघाट झोलुङ्गे पुलबाट एक दम्पतीले दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफाले !

आज (बिहीबार) साँझ ६ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हाम फालेका छन् ।  काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने र उनकी श्रीमती दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली पुलबाट नदीमा हाम फालेका उनीहरुमध्ये  बिनयलाई जिवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृ’त्यु भएको छ । यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन् ।

वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ । उनीहरु किन एकसाथ नदीबाट हामफाले भन्नेबारे खुल्न सकेको छैन । प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र बनाउनुका साथै घटनाबारे अनुसन्धान थालेको छ।

यो पनि पढ्नुस 

घरेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै द’र्दनाक छ। विदेशमा दु:ख गरेर कमाएको सबै सम्पती खाएर कु’टपि’ट गर्नुका साथै शारिरिक र मानसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरिरहेका छन्। हिमाको कोठामा आएर छायाँ नाम गरेकी सुनिता थापा मगरले आफुलाई या’तना दिएको भन्दै हिमाले ‘मलाई बचाउनु’ भन्दै रुँदै मिडियामा आएकी थिईन् ।

टेकु प्रहरीको शरणमा पुगेकी हिमामाथि आ’क्रमण गर्ने छायाँलाई प्रहरीले उनले गरेको गल्तिको क्षमा माग्ने आदेश दिएकोमा मिडियाले उनलाई प्रश्न गर्न खोज्दा मिडियाबाट भागेकी थिईन्।पुन: एकपटक छायाँले आफ्नो बारम्बार चरित्र ह’त्या गरि समाजमा मुख देखाउन लायक नछोडेको भन्दै हिमाले आ’त्मह’त्या गर्नु सिवाय अब विकल्प नरहेको बताएकी छिन् । सुनिता थापा मगर (छायाँ) ले चरित्र ह’त्या गरी ब’दनाम गरेर भन्दै हिमा मिडियामा आएकी छिन् ।

एक भिडियोका कारण आफ्नो इ’ज्जत लि’लाम भएको र अन्तर्वार्ता लिने व्यक्तिमाथि कानुनी कारवाही अगाडी बढाउने र भिडियो नहटाए छायाँ र अन्तर्वार्ता लिने दुवैको नाम लेखेर आफ्नै डेरामा म’र्छु भन्दै हिमा आ’क्रोशित बनेकी छिन् । अरुको चरित्र ह’त्या गरेर अरुले पैसा कमाउन खोज्छ भने आफु कानुनी लडाईं लड्न तयार रहेको बताएकी छिन् । हेमा र पुण्य दुईटा ब*च्चा तान्दै फेरी टेकु चौ*की पुगेका छन् । एसपी सर्वेन्द्र खनालले सिधै छायाँलाई सम्पर्क गरेपछि अब यस घटनाले नयाँ मोड लिने निश्चित देखिएको छ । हेरौँ भिडियोमा :