ईटहरीमा अचानक यसरि देखिए पुर्वराजा पृथ्वीनारायण शाह !

इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईएको छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥याली निकालेको थियो । र्यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीयलाई सहभागी गराइएको थियो । कार्यक्रममा सहभागिहरुले उनीसँग फोटो खिचाए । अघिल्ला वर्षहरुसम्म कोठाभित्र आयोजना गर्ने गरिएको पृथ्वी जयन्ती यो वर्ष भने खुला सडकमा गरिएको छ ।

कार्यक्रममा इटहरीवासीको बाक्लो उपस्थिती रहेको थियो । नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

१८ औं र १९औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । २०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो ।

चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वीजयन्ति होस्, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।

यो पनि पढ्नुस 

घरेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै द’र्दनाक छ। विदेशमा दु:ख गरेर कमाएको सबै सम्पती खाएर कु’टपि’ट गर्नुका साथै शारिरिक र मानसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरिरहेका छन्। हिमाको कोठामा आएर छायाँ नाम गरेकी सुनिता थापा मगरले आफुलाई या’तना दिएको भन्दै हिमाले ‘मलाई बचाउनु’ भन्दै रुँदै मिडियामा आएकी थिईन् ।

टेकु प्रहरीको शरणमा पुगेकी हिमामाथि आ’क्रमण गर्ने छायाँलाई प्रहरीले उनले गरेको गल्तिको क्षमा माग्ने आदेश दिएकोमा मिडियाले उनलाई प्रश्न गर्न खोज्दा मिडियाबाट भागेकी थिईन्।पुन: एकपटक छायाँले आफ्नो बारम्बार चरित्र ह’त्या गरि समाजमा मुख देखाउन लायक नछोडेको भन्दै हिमाले आ’त्मह’त्या गर्नु सिवाय अब विकल्प नरहेको बताएकी छिन् । सुनिता थापा मगर (छायाँ) ले चरित्र ह’त्या गरी ब’दनाम गरेर भन्दै हिमा मिडियामा आएकी छिन् ।

एक भिडियोका कारण आफ्नो इ’ज्जत लि’लाम भएको र अन्तर्वार्ता लिने व्यक्तिमाथि कानुनी कारवाही अगाडी बढाउने र भिडियो नहटाए छायाँ र अन्तर्वार्ता लिने दुवैको नाम लेखेर आफ्नै डेरामा म’र्छु भन्दै हिमा आ’क्रोशित बनेकी छिन् । अरुको चरित्र ह’त्या गरेर अरुले पैसा कमाउन खोज्छ भने आफु कानुनी लडाईं लड्न तयार रहेको बताएकी छिन् । हेमा र पुण्य दुईटा ब*च्चा तान्दै फेरी टेकु चौ*की पुगेका छन् । एसपी सर्वेन्द्र खनालले सिधै छायाँलाई सम्पर्क गरेपछि अब यस घटनाले नयाँ मोड लिने निश्चित देखिएको छ । हेरौँ भिडियोमा :

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*