चन्द्रमा जाने ‘गर्लफ्रेन्ड’ को खोजीमा जापानी अर्बपति

जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरेका हुन् ।

सार्वजनिक रुपमै उनले आवेदन दिन आग्रह गरेका छन् । यस अभियानलाई प्रवद्र्धन गर्न उनले आफ्नो वेबसाइट मार्फत जानकारी दिने गरेका छन् । जसले यो पुष्टि गर्छ कि उनी केवल साथी खोजिरहेका छैनन्, उनलाई सथ दिने सहयात्री खोजिरहेका छन् ।

मेजावाको अन्तरिक्षमा पुग्ने लामो समयदेखिको आयोजित सपना हो । उनी विशेष व्यक्तिसँग विशेष ठाउँमा जान चाहने भन्दै २०२३ मा उनलाई चन्द्रमा पठाइने भएको हो । मेजावाले सहयात्रीका लागि २० वर्ष भन्दा माथिका अविवाहित महिला हुनुपर्ने भन्दै मापदण्ड पनि तोकेका छन् ।

उनले ‘जीवनको पूर्ण आनन्द लिन चाहने र विश्व शान्ति चाहने महिलाले निवेदन दिन सक्ने’ भन्दै आह्वान गरेका छन् । मेजाव जापानको सबैभन्दा ठूलो अनलाइन रिटेलर जाजो टाउनका संस्थापक हुन् । फोब्र्सको सबैभन्दा पछिल्लो अनुमान अनुसार उनीसँग कूल २ बिलियन डलरको सम्त्ति छ । सन् २०१७ मा जीन माइकल बास्वाइटको चित्रकलाका लागि उनले ११.५ मिलियन डलर निकासा गरेका थिए । उनी एक उत्साही कला कलेक्टर पनि हुन् ।

मेजाव अहिले यही नँया प्रकारको प्रतिस्पर्धा गराउन व्यस्त छन् । अर्बपति मेजाव आफ्नो वेबसाइट मार्फत् महिलाको खोजी गरिरहेका हुन् । कम्पनी चलाएको दुई दशकपछि अब उनले आफ्नो जीवन कसैसँग बाँड्न चाहने बताइएको छ ।

‘जब एक्लोपन र शुन्यताका भावना बिस्तारै म माथि बढ्न थाल्छन्, त्यहाँ म एउटा कुरा मात्र सोच्छु, एक महिलालाई प्रेम गरिरहने,’ मेजावले भनेका छन् । उनको सहयात्री बन्न आवेदन दिने मिति जनवरी १७ सम्म तोकिएको छ । र छनोट जनवरीको अन्त्यसम्ममा सुरु हुनेछ । यसरी मार्चको अन्तिममा उनले निर्णय लिने बताइएको छ ।

यो पनि पढ्नुस 

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने, र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*