ज्योतिष शास्त्रः बारअनुसार के गर्दा सफलता मिल्छ ?

दैनिक जीवनमा हामीले कैयौं संर्घष गर्नुपर्ने हुन्छ । जसमा केही सफलता त केही असफलता मिल्छ । तर जे काम गर्दा पनि सफलता मिलेको छैन भने ज्योतिष शास्त्रअनुसार ग्रह दोष निवारण गर्नुपर्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । यसरी लगातार असफलता हात लागेमा केही उपायहरु अपनाउँदा सफलता मिल्ने विश्वास गरिन्छ । बार अनुसार निम्न उपायहरु अपनाउनुहोस्

आइतबार
आइतबार अर्थात साताको पहिलो दिन, घरबाट निस्कँदा पान वा सौंप खाएर निस्कनु होला । यसले तपाईको चाहाना अनुसारको काममा सफलता दिलाउने वा राम्रो फल प्राप्त गराउन मद्दत गर्छ ।

सोमबार
साताको दोश्रो दिन सोमबारको शुरुवात ऐनामा हेरेर मात्र यात्रा गर्नु शुभ मानिन्छ । सोमबार उठ्नासाथ आफुलाई ऐनामा हेर्नुहोस् । यसले तपाईको काममा सफलता दिलाउने गर्दछ । तर स्मरण रहोस् ऐना चर्केको वा फुटेको हुनुहुँदैन ।

मंगलबार
मंगलबारको दिन घरबाट बाहिर निस्कदा सख्खर, मिठाई वा चिनिजन्य पर्दाथको सेवन गरेर मात्र निस्कनु होला । मंगलबार गुलियो सेवन गरेर घरबाट बाहिर निस्कनाले पुरै दिन राम्रो बन्नेछ ।

बुधबार
बुधबारको दिन धनियाको सेवन गर्नाले मनले चाहेको काम पुरा हुने तथा दिनभर सकारात्मक सोचको विकाश हुने देखिन्छ ।

बिहीबार
बिहीबार दिनको शुरुवातमा पहेलो वस्त्रको धारण गर्नुपर्छ । साथै खानामा अनिवार्य जीरा समावेश गर्नुहोला । यसो गर्नाले बिहिबारको दिन शुभ हुने तथा काममा सफलता प्राप्त हुनेछ ।

शुक्रबार
हुनत कुनै पनि काममा जानु अघि दहिको सेवन गर्नाले सफलता पाउने विश्वास गरीन्छ । तर शुक्रबारको दिन घरबाट बाहिर निस्कदा दहिको सेवन गरेर निस्किएमा काममा सोचे अनुसारको सफलता पाउन सकिन्छ ।

शनिबार
बिदाको दिन अर्थात शनिबार घरबाट बाहिर निस्कदा अदुवाको सेवन गरेर निस्किएमा मनले चाहे अनुसारको काम बन्नेछ ।

यो पनि पढ्नुस 

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने, र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*