चिसोमा कोदोको ढिँडो खानाले स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

कोदोको रोटी तथा ढिँडो नखाने नेपाली कम नै होलान् । चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।

पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो । तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ ।

परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ । शहरी क्षेत्रका ठूला ठूला होटलमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभिने गरेका छन् ।

चिसो मौसममा रमाइलो मान्दै ढिडो खादा पारिवारिक खुसी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ । आज हामी कोदोको फाइदाबारे जानकारी दिदैछौं ।

कोदो ढिँडो तथा परिकारको फाइदै फाइदा

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । कोदोका परिकार पचाउन सहज हुन्छ । कोटोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो ।

तौल घटाउन कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।

यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ। कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिदैन । यस्तै कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । मधुमेहको खतराबाट बच्न कोदोको परिकार लाभदायीक छ।

यो पनि पढ्नुस 

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने, र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।