विवाह गरेको ७ महिनामै आमा बनिन् नायिका विनिता बराल

अभिनेत्री विनिता बरालले छोरीलाई जन्म दिएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो साझेदार गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् ।

उनले छोरीको नाम ‘काया’ राखिएको पनि खुलाएकी छन् । अस्पतालको बेडमा खिचिएको तस्विरमा उनी छोरीसँग निकै खुसी मुद्रामा देखिएकी छन् । अहिले सामाजिक सञ्जालमा उनलाई आमा बनेकोमा फिल्मकर्मी र शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

यस वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । गएको ७ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् ।

तर, त्यसपछि एकपछि अर्को चलचित्र असफल हुन थालेपछि उनले टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन । त्यसपछि उनी अध्ययनका लागि भन्दै अमेरिका हानिइन् । त्यहाँ पुगेको केही महिनामै उनी तिलक पौडेलको प्रेममा परेकी थिइन् ।

यो पनि पढ्नुस

सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन्। यौ’न दु’व्र्यव’हारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त भएको हो।

उपसभामुखले राजीनामा दिएपछि निर्वाचन प्रक्रियासम्म ज्येष्ठ सदस्यका हैसियतले राजपाका सांसद महन्थ ठाकुरले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्। ज्येष्ठ सदस्यको हैसियतले अध्यक्षता गर्न ठाकुरले राष्ट्रपतिसमक्ष फेरि शपथ लिने कि नलिने विषय टुंगो लागेको छैन।

यसअघि पनि प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने बेलामा पनि ठाकुरले राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको हैसियतमा शपथ लिएका थिए। नेकपाले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन। पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन्। तर सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङकै सम्भावना रहेको उनीहरू बताउँछन्।