दूध पिउनुभन्दा बियर पिउनु स्वास्थ्यको लागि फाइदाजनक

मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ ।  त्यसैले बच्चा बेलादेखि नै दूध पिउने बानी बसालिन्छ । मदिरा सेवन गर्नुहुँदैन भनेर सिकाइन्छ र पिएमा नराम्रो मानिन्छ ।

शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ । त्यसैले मानिसहरु हरेक दिन दुई वा तीन गिलास दूध पिउने गर्छन् । तर, पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा) ले दूध पिउनुभन्दा बियर पिउँदा फाइदा हुने बताएको छ । पेटाका अनुसार बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्छ ।

त्यति मात्र होइन, पेटाले दूधका विभिन्न बेफाइदाका बारेमा समेत उल्लेख गर्दै मोटोपन, मधुमेह र क्यान्सर जस्ता रोगका कारण पनि दूध नै भएको दाबी गरेको छ । पेटाले यस्तो दाबी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारमा गरेको हो ।

बियरलाई अल्कोहल बेभरेज मानिन्छ । यसमा प्रयोग हुने पोषक तत्वहरु गहुँ, मकै र धानले स्वास्थ्यलाई फाइदा पुर्याउने पेटाले उल्लेख गरेको छ । त्यसैगरी, बियरमा हुने ९० प्रतिशत पानी बाहेक फाइबर, क्याल्सियम र आइरनसमेतले शरीरलाई फाइदा पुर्याउँछ ।

बियरले शरीरका हड्डी बलियो बनाउँने काम गर्छ । मांसपेशी विकासको लागि पनि बियर फाइदाजनक मानिन्छ । त्यसैले, पेटाले बियर दूधभन्दा फाइदाजनक हुने बताएको छ। यद्यपि, बियरमा पनि मदिराको मात्रा हुने हुँदा धेरै सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ ।

यो पनि पढ्नुस

कैलालीको टीकापुर नगरपालिका-७ कालाकुण्डाको मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बलले रोकेको छ। राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको हो।

भारतीय सीमा सुरक्षा बलले उक्त तटबन्ध भारतीय क्षेत्रमा परेको भन्दै निर्माण कार्यमा रोक लगाएको हो। आयोजनाले उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे.भी. निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ।

कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले भारतीय सीमा सुरक्षा बलले भारतीय सीमा क्षेत्र पर्ने भएकाले निर्माण कार्यमा रोक लगाएको बताए। भारतीय पक्षले निर्माण रोके झण्डै ५० मिटर बढी क्षेत्रमा निर्माण कार्य प्रभावित हुनेछ।

टीकापुर नगरपालिका-७ का अध्यक्ष रामलाल डगौंरा थारुले कालाकुण्डा प्रहरी चौकीको ठीक अगाडि मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतीय पक्षले रोकेको बताए। अध्यक्ष थारुका अनुसार सो क्षेत्र नेपाल भारत सीमा स्तम्भ नं. १०७ देखि १०९ सम्म पर्छ। ‘१०७ नम्बर पिल्लर नेपालतर्फ छ, १०९ भारततर्फ पर्छ’, थारुले भने, ‘१०८ नम्बर पिल्लर मोहना नदीमा परेका कारण पनि भारतले सो क्षेत्रलाई आफ्नो भन्दै निर्माण कार्य रोकेको हो।’

केही वर्ष पहिलेदेखि १०९ नम्बर पिल्लर नदीले बगाएको थियो। भारतले १०७ नम्बर पिल्लर र १०९ नम्बर पिल्लरको सिधै आफ्नो क्षेत्र भएको दावी गरिरहेको छ भने नेपालले १०८ नम्बर पिल्लरको खोजी गरेर मात्रै सीमा तोक्नुपर्ने दावी गर्दै आएको छ।

रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका प्रमुख मोहनकुमार शाक्यले भारतीय पक्षले तटबन्ध निर्माणमा रोक लगाएको बताए। सो क्षेत्रमा लामो समयदेखि मोहना नदीले धार परिवर्तन गर्ने र सीमा स्तम्भ बगाउने गरेका कारण पनि सीमा विवाद हुँदै आएको छ।