भूमि फिर्ता नल्याए ओलीलाई जनताले माफी दिने छैनन्

नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने बताएका छन्। महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भीर भएर लाग्न आग्रह गरेका छन्।

भारतले सीमा मिचेको विरोधमा आइतबार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै उनले भने ‘दुई मुलुकबीचको सीमा समस्या समाधान अब पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई अस्विकार गर्नेछन्, माफी कहिल्लै पाउने छैनन्।’

महासचिव मैनालीले विज्ञहरुले पटक पटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंको प्रर्दशनी मार्गबाट सुरु भएको विरोध प्रर्दशन पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो।

यो पनि पढ्नुस 

मोदी ज्यू तपाई भारतको बर्तमान प्रधानमन्त्री हुनुहुन्छ । भारतले नेपालको सार्वभौमिकता र अखण्डतामाथि ठाडो हस्तक्षेप गर्ने अधिकार कस्ले दियो तपाईलाई ? नेपाली भूभाग खोस्ने दुसहास गर्ने आट कहाँ बाट आयो तपाईलाई ? कालापानीमा , लिम्पियाधुराबाट, लिपुलेख जस्ता नेपालका धेरै सीमाहरु सरिसकेका छन् । भारतले आफ्नो बनाई सकेको छ । तपाईको भारत बिरुद्ध नेपालका चोक चोक तात्न सुरु भईसकेको छ । नेपालीले चेतावनी दिएका छौ ।

गो व्याक टु इन्डिया’ बर्षौ देखि नेपाल माथी हेपहा प्रबृति राख्दै आएको तपाईको देश भारतले फेरि अर्को यत्रो आट गर्नु नेपालीको लागि सहन सक्ने बिषय होइन । अव त मोदी ज्यू भारतले हद पार गरिसकेको छ । भन्न त मोदी ज्यू नेपाली र भारत रोटीबेटिको सम्बन्ध हो भन्ने तपाईका ति मुखहरु आज भारतको भूमि हस्तक्षेपमा लिप्त बन्दै गएको छ ।

बाहिँर सम्बन्ध राम्रो देखाएर नेपाललाई आफ्नो हातमा लिने दाउ फिर्ता लिनुहोस । प्रधानमन्त्री मोदी ज्यू तपाई यो नभुल्नुहोस नेपाल बिर गोरखालीको देश हो । आई लाग्ने माथि जाहीँ लाग्न तयार छौ । यो सोच्नुहोस सिमा क्षेत्रमा खटिएका बिर गोरखालीहरुले आफ्नो देशको सीमा मिच्दा आखा चिम्लिएर बस्ने छैनन् ।

तपाईको यो सोच र दुसहास तपाईलाई नै भारी पर्न कुनै समय लाग्दैन । नेपालीहरु मनका सोझा हुन्छन । तर अन्याय र अत्याचारको बिरुद्धमा पछि पर्दैनन् । यो बिषयमा भारतले बेलैमा सोच्नुपर्छ । नत्र अर्को ठूलो बिपती आई लाग्न सक्दा मोदी ज्यू ? सोच्नुहोला नेपालको भूमि आफ्नो देशको नक्सामा सार्वजनीक गर्दा नेपाल सरकारले धुलो मार्न पानी हाले जस्तै बिज्ञप्ती जारी गर्र्यो भनेर पख्ख पर्नु भएको होला । तर सरकार भन्दा ठूलो भएर नेपाली जनताले आवाज उठाउँनेछन् । मिचिएको सीमा फिर्ता गर्न कुनै पछि हट्नेछैनन् ।

हामी हाम्रो सिमा च्यात्तिदा अत्यन्तै पिडा अनुभूति गर्छौ तर यहाँको दुइ तिहाई सत्ता आफ्नो देश र जनताको हितको अलावा आफ्नै रहर र कृत्रिम वस्तुहरुमा मरिहत्ते गर्दछन, बच्चाले खेलौनाको रहर गरे जस्तो विलासिताको रहर । यहाँ जनतालाई ढाडमा दाल दलेर रगत पिउने रक्तपिपासुहरुको राज्य जसले सिमा मिचिएकोमा विरोध नगर्नु, पृथ्वीनारायण शाहको अपमान गर्नु कै पराकाष्टा हो । यसैको फाईदा मोदी ज्यू तपाईले लुट्दै गएको हो ?

नेपालका सीमाहरुको हस्तक्षेप र सिमा छेउछाउ बसेका नेपाली नागरिक उज्यालो हुदा भारतीय हुनुपरेको पीडा छ । अब पनि जनता जागरुक भएनौ भने भारतको भूमिमा नेपाल गाभिने दिन खासै टाढा छैन, सत्तापिपासुहरुलाई देशको कुनै माया नै छैन ।

साच्चिकै राष्ट्रबादी मान्छे यो देशको सरकारको प्रमुख हो भने बेचिएका महाकालीहरु फिर्ता गराउने साहस गराउनु पर्छ, साच्चिकै मिचिएको हो भने सीमास्तम्भ र जंगे पिल्लारहरु यथास्थानमा खडा गर्न सक्नुपर्छ , साच्चिकै सरकार नेपाल सरकार हो भने देश र जनताका निमित्त सदैव समर्पित हुन सक्नुपर्छ । यी मोदीको यो आटलाई पछि पार्न सक्नुपर्छ नत्र भने हामी नेपाली भारतको भूमिमा पुग्नुपर्ने दिन धेरै पर नहोला ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*