डेङ्गुका कारण १५ दिनमा परिवार नै सखाप, तीन दिनको नवजात शिशुमात्र जीवित

भारतमा डेङ्गु रोगका कारण १५ दिनको अवधिमा एउटा परिवार लगभग सखाप भएको छ । उक्त परिवारमा तीन दिनको नवजात शिशुमात्र जीवित बाँकी रहेको बताइएको छ । नवजात शिशुकी आमाको समेत डेङ्गुकै कारण नि*धन भइसकेको छ । भारतीय न्यूज च्यानल ‘आजतक’ का अनुसार तेलङ्गाना मंचेयिरयल जिल्लामा उक्त घटना भएको हो ।

उक्त परिवारमा सबैभन्दा पहिला ३० वर्षीय जी राजगट्टुलाई डेङ्गुको संक्रमण भएको थियो । पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा १६ अक्टोबरमा उनको नि*धन भएको थियो । त्यसपछि उनका ७० वर्षीय हजुरबुवा लिंगायलाई डेङ्गु संक्रमण भएको थियो । २० अक्टोबरमा उनको पनि नि*धन भयो ।

परिवारमा लगातार दुई जनाको नि*धनबाट शो*काकुल भएका सदस्यहरु शो*कबाट उक्सिन नपाउँदै राजगट्टुकै ६ वर्षीया छोरी श्रीवर्षिनीलाई पनि डेङ्गु संक्रमण भयो । उपचारकै क्रममा २७ अक्टोबरमा उनको पनि नि*धन भयो ।

यसै क्रममा राजगट्टुकी गर्भवती पत्नी पनि डेङ्गुबाट जोगिन सकिनन् । डेङ्गु संक्रमणबाट पीडित उनको हैदरावादस्थित एक नीजि अस्पतालमा उपचार भइरहेको थियो। सोही क्रममा उनले ३० अक्टोबर (बुधबार) उनको नि*धन भयो । नि*धनको एक दिनअघि मंगलबार उनले एक शिशुलाई जन्म दिएकी थिइन् । उक्त परिवारमा तीन दिने एक नवजात शिशुमात्र बाँकी रहेको बताइएको छ ।

यो पनि पढ्नुस 

नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त प्राचीन छन् भने केहीचाहिँ नयाँ पनि छन्। नेपाल र भारतमा हरेक दिन मन्दिर बनिरहेका हुन्छन्। मन्दिरमा भगवानको पूजा गरिन्छ। कैलाश मन्दिर, एलोरा कैलाश मन्दिरलाई हिमालयकाे कैलाशकाे रूप दिनमा एलोराका वास्तुकारहरूले केही कमी गरेनन्।

शिवकाे याे दुई तले मन्दिर पर्वतकाृे ठोस चट्टानलाई काटेर बनाइएकाे छ। एलोराकाे याे कैलाश मन्दिर भारत महाराष्ट्रकाे औरंगाबाद जिल्लामा प्रसिद्ध ‘एलोराका गुफ़ाहरू’ मा अवस्थित छ। यसकाे खास विशेषता के हाे भने याे मन्दिर संसारभरिमा नै एक मात्र पत्थरकाे शिलाबाट बनेकाे सबेभन्दा ठूलाे मूर्तिका लागि विश्व प्रसिद्ध छ। यस मन्दिरलाई तयार गर्न झण्डै १५० वर्ष लागेकाे थियाे र लगभग ७००० कालिगढहरूले लगातार काम गरेका थिए।

कलाकारिताका दृष्टिले कैलाश मन्दिर अद्भुत देखिन्छ। मन्दिर एलोराकाे गुफा संख्या १६ मा अवस्थित छ। यस मन्दिरमा कैलाश पर्वतकाे अनुकृति निर्माण गरिएकाे छ। एलाेराका गुफाहरूएलोरामा तीन प्रकारका गुफाहरू छन् । महायानी बौद्ध गुफाहरू, पौराणिक हिन्दू गुफाहरू, दिगम्बर जैन गुफाहरू, यी गुफाहरूभध्ये केवल एक मात्र गुफा १२ तले छ, जसलाई ‘कैलाश मन्दिर ’ भनिन्छ। यस मन्दिरकाे निर्माण राष्ट्रकूटका शासक कृष्ण प्रथमले गराएका थिए।

याे गुफा शिल्प कलाकाे एक अद्भुत नमूना हाे। एउटै मात्र चट्टानलाई काटेर बनाइएकाे यस विशाल र भव्य मन्दिरका प्रत्येक मूर्तिकाे शिल्पकला अत्यन्त उच्च कोटिकाे छ। यी गुफाहरूभन्दा एक किलोमिटर परकाे दूरीमा एलोरा गाउँ छ। यही गाउँकाे नामबाट ने यी ‘एलोरा गुफाहरू’ काे नाम रहन गएकाे हाे।

मूर्तिकला : कैलाश मन्दिरलार्इ छोडेर अरू शेष मन्दिरहरू ६००-७५० ई. काे आस-पास बनेका मानिन्छन्। एलोराकाे मूर्तिकला अनुपम छ। गुप्त कालपछि यति भव्य र अाकर्षक निर्माण शिल्पकारिताकाे नमुना अरू कुनै कालखण्डमा भएकाे पाइँदेन। एलोराका गुफाहरू सीधा सम्बन्ध बौद्ध, हिन्दू र जैन धर्मसँग रहेकाे छ, त्यसैले यी धर्मका अनुयायीहरूकाे यहाँ भीड लागिरहन्छ।

यसका अतिरिक्त देशी-विदेशी पर्यटकहरूकाे पनि यहाँ बाह्रै महिना चहल-पहल भइरहन्छ। यी गुफाहरूमा कतिसम्म आकर्षण र कला कौशल झल्केकाे छ भने यहाँ आइपुग्ने सबै पर्यटक यिनीहरूलार्इ देखेर चकित हुन्छन्। यी गुफाहरू भएकाे पूरै क्षेत्र अत्यन्त खुला र शान्त छ। एलोराकाे नजिकै ‘घृष्णेश्वर महादेव’ काे मन्दिर छ।

भव्‍य नक़्क़ाशी : एलोराकाे गुफा-१५ सबभन्दा ठूलाे गुफा हाे, जसमा सबभन्दा धेरै उत्खनन कार्य गरिएकाे पाइन्छ। यहाँकाे कैलाश मन्दिरमा विशाल र भव्‍य कलाकारिता झल्केकाे छ, जुन कैलाशका स्‍वामी भगवान शिवलाई समर्पण गरिएकाे हाे। कैलाश मन्दिर ‘विरुपाक्ष मन्दिर’ बाट प्रेरित भएर राष्ट्रकूट वंशकाे शासनकालमा बनाइएकाे थियाे। अन्‍य गुफाहरूजस्तै यसमा पनि प्रवेश द्वार, मण्डप तथा मूर्तिहरू छन्।

अनुपम वास्तुशिल्प : अनुपम वास्तुशिल्पकैलाश मन्दिरलार्इ हिमालयकाे कैलाशकाे रूपमा ढाल्नलार्इ एलोराका वास्तुकारहरूले कुनै कमी गरेका छैनन्। शिवकाे याे दुई तले मन्दिर पहाडकाे ठोस चट्टानलार्इ काटेर बनाइएकाे हाे र अनुमान के छ भने करिब ३० लाख हात पत्थर त्यस चट्टानबाट काटेर निकालिएकाे थियाे। कैलाशकाे यस परिवेशमा, समीक्षकहरूकाे अनुमान छ, यस बेजाेड मन्दिरलाई आफ्नाे आँगनमा राख्न सकिन्छ।

एथेन्सकाे प्रसिद्ध मन्दिर ‘पार्थेनन’ यसकाे आयाममा पूर्ण रूपले समूचा समाहित गर्न सकिन्छ र यसकाे उचाइ पार्थेननभन्दा कम्तीमा पनि डेढ गुना धेरै छ। कैलाशकाे भैरवकाे मूर्ति जति भयकारक छ, पार्वतीकाे मूर्ति त्यति नै स्नेहशील छ भने ताण्डवकाे वेग त यस्ताे छ, जस्ताे पत्थरमा अन्त कतै त्यस्ताे उपलब्ध नहाेस्।

शिव-पार्वतीकाे प्रणयले भावी सुखकाे मर्यादा राख्दछ, जस्तै रावणकाे कैलाशत्तोलन पौरुषलाई मूर्तिमान गरिदिएकाे हाेस्। उसका भुजाहरू फैलिएर कैलाशकाे सेराेफेराे जसरी घेरेकाे छ र यति जोडले हल्लाउँछ त्यसबाट उमाका साथसाथै कैलाशका अन्य सबै जीवहरू पनि संत्रस्त हुन्छन्। त्यसपछि शिवले आफ्नाे गाेडाकाे बूढीऔँलाले पर्वतलाई हल्कासँग थिचेर रावणकाे गर्वलाई चकनाचुर गरिदिन्छन्।

कालिदासले कुमारसंभवमा जुन रावणकाे यस प्रयत्नबाट कैलाशका सन्धिहरू तितरबिखर भएकाे जुन कुरा उल्लेख गरेका छन्, त्याे यस दृश्यमा सर्वथा कलाकारहरू कुनै अन्याय नगरी प्रस्तुत गरेका छन्। एलोराकाे वैभव भारतीय मूर्तिकलाकाे एक मूर्धन्य उपलब्धि हाे।

युनेस्कोद्वारा सन् १९८३ देखि ‘विश्व सम्पदा सूची’ समावेश गरिएपछि अजन्ता र एलोराका तस्वीरहरू र शिल्पकला बौद्ध धार्मिक कलाका उत्कृष्ट नमूना मानिन्छन् र यिनीहरूकाे भारतकाे कलाकाे विकासमा गहिराे प्रभाव छ। भारतीय अनलाइन इन्डियननाेभाबाट नेपालीमा अनुवाद । स्रोत: राकेश प्रजापति , भाषा अनुवादकः कुमार पाैडेल