श्रीमान र सासुले दिएको यातना सुनाउदै रोईन मिना, सहयोग गर्ने मान्छेले नै लुट्न खोजे (हेर्नुस भिडियो)

कसैलाई हाँसिरहनु पर्ने । अरुलाइ पनि हसाउनु पर्ने । चिटिक्क परेर हिड्नुपर्ने मनमा आट र साहस भएकी पात्र हुन २४ बर्षिया मिना पुन । विगतदेखि वर्तमानसम्म उनको जीवनमा थुप्रै  उतारचढाव  आए । दाङ जिल्लाको अति  नै बिकट केउरीकी बबईमा जन्मेकी मिना अहिले कोहलपुर  १३ भरैयामा बस्छिन । सुरुवातका दिन सम्झिएर केही भावुक भएता पनि मिना आजभोली आफ्नो आट साहस देखेर आफै खुशी हुने गरेकी छन् ।

उनको परिवार आफन्त साथिभाइ जो कोहि पनि उनको आट साहस देखेर दङ्ग पर्दछन् । जन्मेको  छ महिनामा आमा  घास दाउरा गएको बेला उनी पुरै जलिन र ३ दिनमा होसमा आइन जसोतसो  उनलाइ नेपालगन्जमा डाक्टर बिनोद थापा कहाँ पु¥याइयो । डाक्टर थापाले उनलाइ हेरे पछि  एउटा  खुट्टा  काट्नुपर्छ  भने र उनको खुट्टा काटियो । बिकट गाउँ अहिले सम्म उनको गाउँमा  गाडी  पुगेको  छैन् ।

मिना हुर्किदै गईन । स(सानो काममा  आमालाई सघाउन  थालिन । बिस्तारै  बैशाखीको भरमा घाँस दाउरा  पानी पधेरोको काम  गरिन । घरमा पढ्ने  इच्छा  ब्यक्त गरिन् । घरपरिवारमा  आफन्तले  आफूलाई  यस्तो मान्छेले पढेर के गर्नु पढ्नु पर्दैन भने तर मैले पढ्ने रहर मारिन, उनले भनिन,( आफ्नो जिद्दीमा कोहलपुर  चपरगौडीको  श्री ज्ञान्  जोति माबिमा  पढुन थाले  । निकै  संघर्षका दिन थिए केहीबेर  भाबुक हुँदै उनले भनिन,– दाइ घाँस दाउरा  बेच्नुहुन्थियो खाना मैले बनाउथे । मिनाको परिवारले स्कुल नजिकै पर्नेगरी अरुको जग्गामा भाडा २०० रुपिया तिर्नेगरी सानो कटेरो बनाएका थिए ।  कहिले काहीँ दाजु कामले घर जादा  मिना एक्लै हुन्थिन, डर पनि लाग्थ्यो । दशैंमा विद्यादय विदा हुँदा घर जादा शम्शेरगञ्जबाट बिहान हिडे साँझ पुगिन्थ्यो ।  अहिले  कोहलपुर  छौं र  धेरै सजिलो छ उनले भनिन ।

विगतमा विद्यालय  जाँदा अरुले जिस्काउने  पढेर के गर्छ भन्थे, उनले विगत सम्झिदैं भनिन,– भन्नेले जे भनेपनि म केही गर्छु भन्ने आट लिएर पढाई  पुरा गरे । घरबाट  निस्किन थाले पछि सबै  संघ अलि अलि परिचय भयो उनको । मिना सानैबाट अभिनय  र नृत्यमा शौखिन थिइन् । सबैजना उनको अभिनय र नृत्य हेरेर दङ्ग पर्ने गरेको उनी बताउँथिन ।

नेपालको पहिलो  डान्सिङ रियालिटी शो छमछमी मा फर्म भरिन मिनाले ।  देशभरी तीन हजार जना थिए । त्यसमा मिना टप २ मा पर्न सफल भईन । यहि नै उनको जीवनको टूनिङ पोइन्ट भयो । उनलाई देशैभरी धेरैजनाले चिन्न थाले । उनलाई विभिन्न स्टेज शोमा निम्तो आउन थाल्यो । अहिले सम्म पोखरा, सुर्खेत, दाङ, चितवन, काठमाडौं लगायत विभिन्न प्रादेशिक महोत्सव,स्कुलको बार्षिक उत्सव गरि ४०० स्टेज कार्यक्रममा दर्शकलाई उनले नृत्य देखाईसकेकी छन् ।

बिदेशमा उनले मलेसिया  दुबई ,हङकङमा स्टेज तताइ सकेकी छन । मिना सबै खालको गीतमा  एउटा खुट्टा  र बैशाखीको भरमा मज्जाले नृत्य गरेर दर्शकलाई  पनि मज्जाले नचाउछिन् ।  कार्यक्रममा निम्ता आउँदा त्यहाँ सम्मान  पाउँदा उनी सारै खुशी हुन्छिन् ।

उनि अहिले काठमाडौँमै छिन । काठमाडौँ आएपछी धेरै थरिका मान्छेहरुको साथ पनि पाए घात पनि पाएको उनि बताउछिन । उनलाई काठमाडौँ ल्याउनेले नै उनलाई लुट्न खोजेको उनि बताउछिन । नाम नबताउने सर्तमा उक्त मान्छेले आफुलाई आएको सहयोग समेत मागेको बताईन । हामीले मिना संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*