आज नागपंचमी पर्व मनाइदैं ! याे तरिकाले गर्नुहोस पुजा, मिल्नेछ यस्तो लाभ !

यसपटकको नागपंचमी सोमबार मनाइदैंछ । यस दिनलाई हिन्दु धर्म मान्नेहरुले विशेष महत्वको साथ लिने गर्दछन । यस दिन नाग देवताको पुजा गर्नाले सबै खालका दुःख र रोग ब्यथाहरु नष्ट भएर जान्छन भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

नागपंचमी आफैंमा एक महत्वपुर्ण पर्व हो यसको उपासना र पुजाले मानिसले शान्ति समृद्धिजस्ता कुराहरु सहजै प्राप्त गर्न सक्ने विश्वास रही आएको छ । ४ अगस्ट अर्थात सोमबार हस्त नक्षत्र साध्य योग एवम कन्या राशिमा चन्द्रमा रहने भएको छ । सूर्य, राहु, बुधको कर्कट राशिमा प्रवेश गर्नेछ । यस दिन विशेष विधिको उपासना गरेर तपाईं सर्प दोषबाट मुक्त हुन सक्नुहुनेछ।

सबैभन्दा पहिले नाग पंचीको दिन,सर्पलाई तपाईले देवता को रूपमा पूजा गर्नुपर्छ भन्ने कुराको जानकारी हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर नुहाँउनुपर्छ अनी सुन,चाँदी अथवा तामाको नाग र नागिनको मुर्ति बनाउँनुपर्छ ।

मुर्ति बनाए पछि धुप,दिप नैवेद्य आदि बाट पंचोपचार वा पोडनशोपचारको उपासना गर्नुहोस् । यसरी पुजा गरिसके पछि सर्पको रुप धारण गरेका नाग नागिनलाई दूधले अभिषेक गर्नुपर्छ । अन्त्यमा पुजा गरे पछि नाग नागिनलाई कुनै पनि शिवलिगंमा चढाउनुपर्छ ।

यदि तपाई शिवपलर्गमा चढाउन सक्नुहुनन भने धातुबाट बनेको नाग नागिनलाई कुनै नदीमा लिएर बगाउन पनि सक्नहुन्छ ।

यो पनि पढ्नुस – तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ ।

बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ । बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ ।

बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ । खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।

बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ ।

दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।

दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*