देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्ने बताउंदै मुस्लिम समुदायमा ढाकाटोपी लोकप्रिय बन्दै

मुस्लिम समुदायका व्यक्तिले चाडपर्वमा गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीले टोपी अनिवार्य गरिएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताएका छन् । मुस्लिम समुदायले आफ्नै परम्पराअनुसारको टोपी लगाउँदै आए पनि पछिल्लो समय बाँकेका मुस्लिम समुदायका अगुवाहरुले देशको राष्ट्रियता झल्कने ढाकाटोपी लगाउन थालेका छन् । इस्लाम धर्ममा कुन टोपी लगाउने भन्ने तोकिएको छैन । त्यसैले पनि पूजाआजा वा शुभकार्य गर्दा ढाकाटोपी लगाउने प्रचलन बढ्न थालेको धर्मगुरु मन्जरीको भनाइ छ ।

बाँकेका मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको सङ्ख्या बढीरहेको छ। अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर विभिन्न कार्यक्रम, सभा, समारोह वा अन्य कुनै शुभकार्यमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउन थालेका छन् । राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर मुस्लिम युवा लतिफ सल्मानी बताऊँछन्। उनका अनुसार ढाकाटोपी नलगाउँदा केही चिज बिर्सेजस्तो लाग्छ ।

नेपाली पहिचानसँग जोडेर यहाँका मुस्लिम समुदायले ढाकाटोपी प्रयोग गर्दै आइरहेका छन् । घरबाहिर निस्कँदा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ पनि ढाकाटोपी लगाएर मात्र निस्कन्छन् । चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडवाडमा रमाउने गर्छन्। नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँ तिहारमा हिन्दूको हातबाट टीका लगाउँदै आइरहेका छन्। नेपाली भएको चिनाउने एकमात्र माध्यम ढाकाटोपी भएकाले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको उनि बताउँछन् ।

नेपालगञ्जमा ढाकाटोपीको व्यापार सन्तोषजनक भएको घरबारी टोलस्थित पाल्पाली ढाकाटोपी पसलका सञ्चालक कृष्णप्रसाद कँडेल बताउँछन् । विसं २०४२ देखि नेपालगञ्जमा ढाकाटोपीको व्यापार गर्दै आएका उनले ढाकाटोपीको व्यापारमा विस्तारै वृद्धि हुँदै गएको बताए । यसैबाट धेरै राम्रो नभए पनि खानलाउन पुगेको उनको भनाइ छ । पञ्चायतकालको तुलनामा पछिल्लो समय ढाकाटोपीको व्यापार केही खस्किएको बताउँदै उनले पूजाआजा, विवाहमा प्रयोग गर्नका लागि सर्वसाधारणले टोपी किन्ने गरेको बताएका छन्।

बाँके मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो । मुस्लिम समुदाय जनसङ्ख्याका आधारमा हेर्ने भने बाँके जिल्ला नेपालमै दोस्रो स्थानमा पर्छ । त्यसैले पनि मुस्लिम समुदायका चाडपर्वमा नेपालगञ्जमा उल्लासपूर्ण वातावरण बन्ने गर्छ। मुस्लिम समुदायका चाडपर्वमा अन्य समुदाय पनि सरीक भएर परिवेशलाई अझै सद्भावपूर्ण बनाउँछन् भने अन्य समुदायका चाडपर्वमा मुस्लिम समुदायको उपस्थिति पनि उत्तिकै उल्लासमय हुने गर्छ । नेपालगञ्ज सद्भाव र सभ्यता बोकेको शहर हो । नेपालगञ्जमा हरेक चाडपर्वमा सबै समुदायमा उत्तिकै रौनकता हुन्छ ।

मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अकबरको आवाज गुन्जिन्छ । शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जयमान हुन्छ । हिन्दूहरु मन्दिर जाँदा मस्जिद भएर जानुपर्छ । मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरु भएर जानुपर्छ । हरेक दुई/तीन सय मिटरको दूरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा रहेका छन् । सबैले एकअर्काको धर्मको सम्मान र सत्कार गर्नु यहाँको परम्पराजस्तै भइसकेको छ । ढाकाटोपी मात्रै नभई मुस्लिम समुदायले लगाउने पोशाक हिन्दूले लगाउने र हिन्दूले लगाउने पोशाक मुस्लिमले लगाउने चलन बढ्दै गइरहेको छ । यो नेपालगञ्जको विशिष्ट पहिचान हो । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन् ।

यो पनि पढ्नुस – मलेसिया सरकारले अवैधरूपमा मलेसियामा रहेका विदेशी कामदारलाई आ*ममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अ*वैध नेपाली कामदारले पनि मौकाको फाइदा लिन सक्ने भएका छन् । यो अवसर भोलि (अगष्ट १) देखि डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ।सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने जनाइएको छ ।जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ।

साथै हवाइ टिकट कामदार स्वयम् आफैले व्यवस्थापन गर्नुपर्नेछ।अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निशुल्क फारम भर्ने ब्यवस्था गरेको छ ।त्यस्तै दुतावासबाट मलेसिया अध्यागमन विभाग र अध्यागमन विभागबाट केएलसम्मको निशुल्क यातायातको प्रबन्ध पनि दूतावासले नै गरेको छ । दुतावासको जनशक्तिले नपुगे परराष्ट्र मन्त्रालयबाट थप जनशक्ति माग गर्ने र मलेसियामा क्रियासिल नेपाली संघसंस्थाबाट पनि सहयोग लिने तयारी रहेको राजदूत उदयराज पाण्डेले डिसी नेपाललाई जानकारी दिए ।‘यो पटक स्वदेश फर्कने नेपालीहरूलाई बिचौलियाहरूको चङ्गुलमा पर्न नदिन दुतावासले विशेष खालको तयारी गरेको छ ।

सक्कली ट्राभल डकुमेन्ट दुतावासले नै राखी अध्यागमन विभागमा मात्र उपलब्ध गराउनेछ । ’ राजदूत पाण्डेले भने ।अभिलेख विहीन तथा गैर कानुनी भै मलेसियामा बसिरहेका व्यक्तिहरूलाई यस अवसरको लाभ उठाई नेपाल फर्कन र नेपालमा रहेका ति सम्बन्धित व्यक्तिका परिवारजनलाई समेत आफ्ना मान्छेलाई नेपाल फर्कनका लागि उत्प्रेरित गर्न दूतावासले अनुरोध गरेको छ ।भिसा भएकाहरूको लागि यो अवसर लागू नहुने बताउँदै कोही पनि भ्रममा नपर्न राजदूत पाण्डेले सचेतसमेत गराए।मलेसिया सरकारले लागू गरेको यो अवसरबाट १५ हजार अवैधानिक नेपालीलाई फाइदा पुग्ने बताइएको छ ।

1 Comment

  1. क्याबात….!!! यो हो नि त तरिका….!!! मुस्लिम दाजुभाईहरुको यो सोच र भनाइलाइ एउटा हिन्दु भाइको सलाम अनि सम्मान….!!! अखण्ड नेपाल, जय नेपाल….!!!

Leave a Reply

Your email address will not be published.


*