कालिन्चोक भगवतीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिने भएपनि फाईलिङ गर्दा ध्यान दिनुहोला अनाबस्यक झन्झट हुँन सक्छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा कमजोर उपश्थिति रहनेछ भने सरकारि ओहोदामा रहेकाहरुले समयमा काम नगर्दिन सक्छन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुँने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । बिधिबिधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरिवाना हुँने ग्रहयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्टमित्र सँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : समाजमा गुमेको साख फिर्ता हुँनुको साथै आफ्नो बर्चस्व बढाउँन सकिनेछ । समयको भरपुर सदुपयोग गरि भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाईदा हुँने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुँने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धिमुलक यात्रा हुँने अधिक सम्भावना रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरि मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पति लाभ हुनेछ । नया नया कामको प्रश्ताब आउनेछ भने सहयोगीहरुले साध दिदा कामहरु समयमानै सम्पन्न हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) : व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुनेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि भुमिमा बसेर श्रम र पशिना बगाउँनेहरुका लागि समयले साथ दिनेछ । स्वास्थ्यमा समस्या आई ऋण लाग्ने तथा उपचार खर्च बढेर जाने हुनाले सचेत रहनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुँने हुनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

यो पनि पढ्नुस : हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ?आजको यस धर्मको अङ्कमा, हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मलामी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ।

महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुषहरूले घरबाहिरको काम सम्हाल्ने अधिकांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समयमा देखि नै यसैगरि चल्दै आएको छ। समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो। घरायसी काम महिलाले र परिश्रम पनि बढी पर्ने अनि घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो। यसरी नै मलामी जाने पनि पुरुष मात्रको कामको रुपमा चिनिदैँ, गरिदै आयो।

महिला मलाली जानु हुन्न वा पुरुष मात्र मलामी जानु पर्ने कहिकतै शास्त्रमा स्पष्ट उल्लेख भेटिँदैन। बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मलामी जान हुन्न भन्ने विश्वास गरिन्छ। प्राचीन कालमा भने महिलालाई मलामी नलानुका कारणहरू यस्ता थिएः

१. आगोको धूप
प्राचीन दिनहरूमा, पुरुषहरूले लासलाई घाटमा लगेर जलाउँदै गर्दा महिलाले घरको कामधन्ना भ्याउनुपर्ने हुन्थ्यो। साथै, घाटमा गएर फर्केका मलामीहरू घर फर्किएपछि आगोको धूपले चोख्ख्याउनुपर्ने हुन्थ्यो र त्यसैलाई तयार पार्नको लागि महिलाहरू घरमै बस्ने गर्दथे।

२. डरलाग्दो दृश्य
लास जलाउने काम कमजोर मुटु भएकाले गर्ने काम होइन। अघि भर्खरसम्म जिउँदै देखेको मानिसलाई अहिले जलाएको हेर्नुपर्दा जस्तो सुकै कठोर मन पनि भक्कानिन्छ। यस्तो भयानक दृश्य महिलाहरूले हेर्न सक्दैनन् भनेर पनि पहिलेपहिले महिलालाई मलामी पठाउँथेनन्।

३. लास जल्ने समय
हिन्दु धर्मअनुसार, कुनै पनि मानिसको अन्तिम संस्कार गर्दा शरीरलाई पुरैरूपमा जलाउनुपर्दछ। कसैको शरीर त केहि घण्टामै जल्दछ भने कसैको निकै समय पनि लाग्न सक्छ। यस्तो अवस्थामा घरमा बालबच्चा अनि गाईवस्तुको हेरचाह गर्नुपर्ने हुनाले पनि त्यतिबेला महिलाहरूलाई घरमै राख्ने गर्दथे।

४. भूतको डर
मसानघाटमा तड्पिएर बसेका आत्माहरूको (भूत) उपस्थिती हुन्छ भनेर विश्वास गरिन्थ्यो, गरिन्छ। यस्ता ‘भूत’ले कमजोर हृदय भएका महिलाहरूलाई आक्रमण गरेर शरीरलाई अधीनमा लिन्छन् भन्ने पनि विश्वास गर्दै आइएको छ। विशेष गरी कुमारी केटिहरूलाई यस्ता भूतले बढि रुचाउने पनि विश्वास गरिन्छ। त्यसैले पनि मसानघाटमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो।

५. संस्कार
‘आँशु’ले आत्माको बाटो छेक्छ। हिन्दु धर्मको संस्कार अनुसार यस्तो पनि विश्वास गरिन्छ। मरेको मान्छेको अन्तिम संस्कार गरिसकेपछि मात्रै आत्माले बिदा पाउँदछ र यदि त्यहाँ एकथोपा पनि आँशु खस्यो भने त्यो आत्मा सँधै त्यहिँ अड्केर बस्दछ। महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन् भन्दै मसानघाटमा प्रवेश निषेध गरिएको थियो।

प्रथा र संस्कृति समय अनुसार परिवर्तन गरिनु आवश्यक हुन्छ। परिवर्तन गर्दा सहज अनि अर्थ बोक्ने प्रथा जरुरी हुन्छ। नत्र प्रथा रुढीवादी हुन्छ, काम नलाग्ने हुन्छ अनि प्रथा र संस्कृतिको अर्थ अर्थ्याउन नसक्दा त्यो प्रथामा चलिरहनुको कुनै अर्थ रहदैन। अर्थ जानौँ, ठिक बेठिक, आवश्यक अनावश्यक संस्कृति छुट्याउन सकौँ।