‘हामीमाथि दमन भयो, अब प्रतिरोधमा उत्रिन्छौँ, क्षतिको जिम्मेवार सरकार हुनेछ’ – विप्लव

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको दाबी गर्दै घटनाको निन्दा गरेको छ ।

सोमबार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ मा राजनीतिक कार्यक्रमका लागि गएर बसेका कार्यक्रतामाथि सरकारले प्रहरी परिचालन गरी दमन गरेको भन्दै घटनाको निन्दा गरेको हो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् । उनले दमन बन्द नगरे आफुहरु प्रतिरोधमा उत्रिनेसमेत चेतावनी दिएका छन् ।

विज्ञप्तीमा भनिएको छ, “ओली-बादल गृह प्रशासनले राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसेका कार्यकक्रर्तामाथि प्रहरी लगाएर दमन गरेको छु, यो घटनाको पार्टी निन्दा एवम् भर्त्सना गर्दछ ।”

“एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेता(कार्यकर्तालाई दमन, गोली प्रहार र समातेर हत्या गर्ने ओली-बादलमण्डली सरकारको कार्य निन्दनीय छु, ‘अविलम्ब यो दमन नरोके नेकपाले प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी-बादल सरकार हुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

1 Comment

  1. Prachanda and Baburam both became Prime Minister. They are now former PM. Now they have been divided Pro-Communist and Pro Janajati. Once Biplab also in their Party. The CHANDA terrorism was in that time and this time also. Biplab and his followers applying the same formula as it was done during their time. Once the state was against them and Prachanda and Baburam is using the state security.

    This is the political drama orchestrated by the above actors.

    Now Communists are in power and the Biplab fraction is opposing. This nature of political drama. India is monitoring these action. This is general feeling of Nepalese.

Leave a Reply

Your email address will not be published.


*