ट्रम्प र किमबीच दुई कोरियाको गैर सैन्य क्षेत्रमा ऐतिहासिक भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा किमसंग संक्षिप्त भेटवार्ता गरेका हुन्। ट्रम्पले शनिवार एक ट्वीट मार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले विश्वभर एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो। ट्रम्पको चाहना बमोजिम नै दुई नेताले भेट गरेका हुन्।

भेटका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइनको समेत उपस्थिति थियो । किमको दक्षिण कोरिया भ्रमणपछि मुनसँगको यो तेश्रो भेट हो। भियतनाममा सम्पन्न दोश्रो शिखर सम्मेलनमा उत्तर कोरिया रुष्ट भएपछि ट्रम्पले किमलाई फकाउँदै आएका छन्। उनले चिठी समेत पठाएर किमलाई वार्तामा आउन पटपकट आग्रह गर्दै आएका थिए। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सीमामा किमलाई भेट्न पाउँदा आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका थिए।

योसँगै किमलाई विस्थापित क्षेत्रमा भेट्ने ट्रम्प पहिलो व्यक्ति समेत बनेका छन्। ट्रम्प उत्तर कोरियाको अपरान्हको समयमा केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरू सहित असैनिकीकृत क्षेत्र पुगेका थिए।दुई नेताबीचको छोटो भेटमा हात मिलाएर एक अर्कालाई अभिवादन गरेका थिए ।

यो पनि पढ्नुस – शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो ।

पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु कुनै कारणले हो मातामाथि देउता चढेछन् । हिरासतमा रहेकी धर्ती माता सेलभित्रै काम्न थालिछन् । उनको यो पारा देखेपछि प्रहरी उनलाई बाहिर ल्याउन हिच्किचायो । अन्ततः उनलाई बाहिर ल्याएर बबाल खडा गर्नुभन्दा उनलाई सार्वजनिक नै नगर्ने निर्णयमा प्रहरी पुग्यो ।

अभियुक्त महिला भएकोले पनि उनलाई यसरी बाहिर ल्याउनु अनुपयुक्त हुने भन्दै डिएसपी बोगटीले पत्रकारहरुसँग सार्वजनिक गर्न नसकेकोमा क्षमा मागे । पत्रकारहरु पनि मातामाथि देउता नै चढेपछि जोर जबरजस्ती गर्नु अनुपयुक्त हुने ठानेर रित्तै फर्किए । माताले भद्रकालीमा उक युवतीलाई यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।