गणेश भगवानको दर्शन गरि भोलिको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन्न सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : व्यापारमा लगानी गर्नुभन्दा अगाडि आफन्त तथा अग्रज सँग राम्रो सँग सल्लाह गर्नुहोला समय मध्ययम रहेको छ । सरकारी सेवामा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा नगरी दिँदा महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । विद्यार्थीहरूले पढाई लेखाइमा भनेजस्तो नतिजा हात पार्न बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा चिसोपनको विकास हुने योग रहेको छ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तीरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : कुटुम्ब तथा आफन्त सँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनह आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेभएपनि तपाइकै कारणले टरेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : विभिन्न कारणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदार हरुबिच मतभेद बढ्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आफन्त तथा साथभाईहरु सँग विवाद बढ्नेछ । शत्रुहरू लाग्नेछन् भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् । नाफा मूलक व्यवसायमा खासै फाइदा नभए पनि सेवामुलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पति परिनेछ । माया प्रेममा नजिक भए पनि विवाद हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : पति पत्नीबिचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हँसिला होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : भौतिक सम्पत्ति तथा विलासी बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यावसायिक फस्टाएर जानेछ । आमा तथा आफन्त सँग सानो सानो कुरामा मनमुटाव बढ्ने तथा टाढिएर टाढाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरू थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानी थोरै हुँदा दैनिक कामहरू प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाइ सँग सामान्य कुरामा विवाद बढ्नेछ भने बाहिरका मानिस सँग न्यायिक निर्णयहरूमा सामेल भए हारिने सम्भावना रहेको छ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुबो बिगबिगी रहनेछ । प्रेममा धोका हुने हुँदा आजको दिन टाढै बस्नु नै बेस हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरू गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाई लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएरु जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब ब्याक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

यो पनि पढ्नुस 

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।