दोलखा भीमसेनको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । हतारमा निर्णय लिँदा आफैलाई समस्या पर्न सक्ने तथा अरूको निम्ति प्रयोग भईनेछ । कुनै पहत्वकाक्षी योजनाहरू भए केही समयको लागि थाती राख्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखी कामगर्न सकिनेछ । विवादित विषयहरू तपाइकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायि रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : व्यापार व्यावसायिक फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्र सँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोत हरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दिनै कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाव बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । साझपख समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : विभिन्न समस्याको फेस गर्नु पर्दा मानसिक तनाव बढ्नेछ भने खुलेर काम गर्ने वातावरण नहुँदा आर्थिक क्षेत्र धरासाहि हुँदैन सक्छ सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम गर्ने जोडीहरू आज टाडै बस्नु उचित छ माया प्रेममा धोका हँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।

यो पनि पढ्नुस 

विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ ? उता दम्पतीको ताक अर्कै हुन्छ । पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ ।

हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ । कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ ।

गर्भवती हुनका सेक्स गर्नु जति जरुरी छ उति नै कसरी र कहिले सेक्स गर्दा गर्भ रहन्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । यी कुरालाई बेवास्ता गर्दा गर्भ नरहनसक्छ ।

धेरैजसो दम्पतीलाई गर्भ रहनका लागि कुन समय सेक्स गर्नुपर्छ भन्ने जानकारी नभएको पाइयो । सेक्सको समय सही भयो भने गर्भ बस्न कठिनाइ हुँदैन ।

गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन । आफ्नो योजनाअनुरूप सहजै गर्भधारण गर्न सकिन्छ । दम्पतीलाई यस्तो कुराको जानकारी नभएको स्थितिमा समस्या समेत सिर्जना हुनसक्छ ।

उसो भए गर्भधारणका लागि कुन बेला, कति पटक र कसरी सेक्स गर्ने त ?

गर्भ कसरी रहन्छ ?

जब पुरुष प्रजनन कोष ‘शुक्रकीट’ को महिलाको गर्भाशयमा अवस्थित अण्डसँग मेल भएर त्यसलाई फर्टिलाइज गर्छ तब मात्र कुनै पनि महिला गर्भवती हुन्छिन् ।

कति पटक राख्ने सम्बन्ध ?

एउटा पेरेन्टिङ वेबसाइटले १ हजार १ सय ९४ दम्पतिमाथि अध्ययन गरेको थियो । उक्त अध्ययन सन्तान चाहने दम्पतिमाथि गरिएको थियो । अध्ययनमा उनीहरूले गर्भधारणका लागि कति पटक सेक्स गरेका थिए भन्ने कुरा जान्न प्रयास गरिएको थियो ।

यस्तो देखियो ?

उक्त अध्ययनका अनुसार आमाबाबु बन्न चाहने ती दम्पतीलाई औसतमा ७८ पटक सेक्स गर्दा सफलता हात लागेको थियो । यो क्रम औसत छ महिना चलेको थियो भने उनीहरूले एक महिनामा औसत १३ पटक सेक्स गरेका थिए ।

गर्भधारणका लागि कुन आसन राम्रो ?

कतिपय मानिसमा के विश्वास छ भने गर्भधारण आसनमा पनि निर्भर हुन्छ । यसका लागि लगभग तीन चौथाइ मानिस मिसनरी पोजिसन -महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) लाई उपयुक्त माने भने ३६ प्रतिशत जोडीले डगी स्टाइल पछ्याए ।

गर्भधारणका लागि उपयुक्त समय

विशेषज्ञहरूका अनुसार महिनावारी -डिम्ब निष्कासनको समय) थाहा पाउनु र डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन सेक्स गर्दा गर्भ रहने सम्भावना बढी हुन्छ ।

डिम्ब निष्कासन के हो ?

डिम्ब निष्कासनले कुनै पनि महिलाको महिनावारीमा महत्वपूर्ण भूमिका खेल्छ । यो त्यही प्रक्रिया हो जसअन्तर्गत परिपक्व डिम्ब डिम्बाशयबाट निस्किएर फर्टिलाइज हुनका लागि तयार रहन्छ ।

डिम्बको आयु ?

डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ । सेक्सका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म पनि रहन सक्छ ।

बढी सम्भावना

गर्भ रहने बढी सम्भावना तब रहन्छ जव डिम्ब निष्कासनका बेला शुक्रकीट फेलोपियन ट्युबमा पहिल्यैदेखि मौजुद रहेको हुन्छ ।

कहिले हुन्छ डिम्ब निष्कासन ?

महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

क्यालेन्डरको सहारा

धेरै महिलामा महिनावारी चक्र ठीक २८ दिनमै हुँदैन । यस्तो छ भने महिलाहरूले महिनावारीको क्यालेन्डर बनाएर महिनावारी चक्रको लम्बाइ एवं मध्यविन्दुको अनुमान लगाउन सक्छन् ।

भेजाइनल सेक्रेसन

महिनावारी चक्रको क्यालेन्डरका अतिरिक्त डिम्ब निष्कासन समय अनुमान लगाउने अन्य तरिका पनि छन् । तीमध्ये एउटा भेजाइनल सेक्रेसनमा ध्यान दिनु पनि हो । डिम्ब निष्कासनअघि भेजाइनल सेक्रेसन सफा, ओसिलो एवं लचिलो हुन्छ ।

पछि यसो हुन्छ

डिम्ब निष्कासनपछि तुरुन्तै सर्वाइकल म्युकस कम हुन्छ र यो बाक्लो, मधुरो तथा लगभग अदृश्यजस्तै हुनपुग्छ ।

तापक्रममा फरक

शरीरको बेसिक तापक्रम -आरामको अवस्थामा शरीरको तापक्रम) मा ध्यान दिएर पनि डिम्ब निष्कासन समयको अनुमान गर्न सकिन्छ । यसका लागि हरेक बिहान ओछ्यान छाड्नुअघि शरीरको तापक्रम जाँच्न सकिन्छ । तापक्रममा वृद्धि हुनुभन्दा २-३ दिनअघि कुनै पनि महिला गर्भवती हुने सम्भावना बढी हुन्छ ।

टेस्ट किट

जसरी बजारमा प्रेगनेन्सी टेस्ट किट बजारमा सहज रूपमा उपलब्ध छ त्यसरी नै ओभुलेसन -डिम्ब निष्कासन) डिटेक्सन टेस्ट किट पनि सहजै पाइन्छ । यसबाट डिम्ब निष्कासन भएनभएको थाहा पाउन सकिन्छ ।

उपयुक्त तौल

विशेषज्ञहरूका अनुसार सामान्यभन्दा बढी तथा कम तौल भएका महलिाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ ।

माथि उल्लेखित कुराहरूमा गौर गर्दा मोटामोटी कुरा प्रस्ट हुन सकिन्छ तापनि असामान्य अवस्थामा गर्भधारणका लागि ठोस कदम चाल्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।