पहिलो यौन सम्बन्धका बारेमा के सोच्छन महिलाहरु ? (हरेक पुरुषले जान्नै पर्ने)

स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहने देखाएको छ । मौका पाउँदा उनीहरुले अनौठो अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँने तथ्य उक्त अध्ययनबाट देखिएको हो ।

युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनको निष्कर्ष यस्तो छ।

अपरिचितसंग यौन सम्बन्ध : अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् ।

अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।

आत्मसमर्पण : अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।

महिला- महिला सेक्स : महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

चरम सन्तुष्टिको चाहना : महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । तर, सधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

नदि वा समुन्द्र किनार : अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।

निर्बस्त हुने चाहना : महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहना बढी हुन्छ ।

सभ्य बलात्कार : कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

भूमिका परिबर्तन : महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

बाथरूम मस्ती : कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

एक रात : दुनियाँले जे सुकै सोचोस्, आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् ।

यो पनि पढ्नुस 

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।