‘नागरिकता लिने लाइनमा त भारतीय बसेकाे हुन्छ तर दिने कुर्सिमा को हुन्छ ?’ – महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले देशमा पहिले भन्दा अहिले निरंकुशता बढीरहेकाे बताएको छ । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ठाकुरले सिस्टम बदलिए पनि झनै निरंकुशता बढ्दै गएको बताएको हो ।

नयाँ नीति कार्यक्रममा नयाँपन केही पनि नआएको बताउँदै भने, ‘राज्य पहिले भन्दा बढी निरंकुशता भएको छ । उसको चरित्रमा कुनै परिवर्तन भएको छैन । पहिले सिंह दरबारलाई निरंकुश्ताको प्रतीक मानिन्थ्यो, अहिले सिंहदरबार निरंकुशताकाे जीवित रूपमा देखा परेको छ । सारा अधिकारहरू प्रधानमन्त्री कार्यालयमा केन्द्रित भइरहेको छ ।’ यस्तो अवस्थामा निरंकुशताबाट जनता मुक्त भएको छ भन्न मिल्दैन ।’

‘हामीले संविधान संशोधन खोजेका हौँ । प्रस्ताव दर्ता पनि गरायौँ । तर भनिँदैछ संविधा सर्वस्वीकार्य छ । कसरी सर्वस्वीकार्य छ ?,’ उनले प्रश्न गरे, ‘अहिलेकाे संविधान घाउमा नुन छर्ने जस्तै हाे । याे संविधानकाे विराेध गर्दा गर्दै मानिसहरू शहित भएका छन्, हजाराैंमाथि मुद्दा छ, दजनाैं मानिसहरू जेलमा छन्, न्याय माग्दा गाेलि खाने अवस्था छ याे संविधानकाे देन हाे ।’ उहाँले याे संविधालाई अस्विकार गर्दै अाएकाे र संशाेधन खाेजेकाे बताए ।

पूर्वमन्त्रीसमेत  ठाकुरले आफूले नेपाली भन्ने सौभाग्य नपाएको दुखेसो समेत पाेखे। नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उन ले असन्तुष्टि पनि जनाए  ।

‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ? ’

यो पनि पढ्नुस 

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

1 Comment

  1. Mahanta Ji Tapayi Bharatiya Ki Indian ? Nepal Ko Nagarikta badne Ma Khangres, Khaobadi Ra Khemale Yi Tinwatae Gang Laai Bharat Le Pulpulyayera Nepal Ko Satta Kabja Garna Pathayeka Kukkur Haru Hun, Aafno Malik Le Khwayeko Jutho Ko Rin Utarna Yiniharu Le Bharatiya haru Laai Nagarikta Badeka Hun, Ghichi sakeko jutho Okalna Milena , Nagarikta Baadna Kasaele Rokena. Tapayi Nepali Ho Bhane Tapayi Ko Mutu ma Pani chhunu Parne Ho, Nepal Jasto Sanu Muluk Ma Bharat Le Yasari Aafno Aparadhi Haru Laai nepal Pathauda Nepal Ko janasankhya Kaha Pugxa ? Ani Jansankhay Ko Aadhar Ma Nepal Kaha Pugxa ? Ke Tapayi Laai Thaha Xaena ? Kina Bujh Pachaunu Hunxa Marne Bela Ma ?

Leave a Reply

Your email address will not be published.


*