तीनमहिने सुइका ३ साइड एफेक्ट : सकेसम्म प्रयोग नगरेको राम्रो ! जानकारीको लागी सेयर गरौं

नेपालमा पनि यो सुइ प्रयोग गर्नेहरुको संख्या ठुलो छ । नेपालमा संगीनी नामको तीन महिने सुइ विक्री वितरण गर्ने कम्पनी नेपाल सीआरएस कम्पनीका अनुसार नेपालमा ६६ लाख भन्दा बढी संगीनी सुइ विक्री भइसकेको छ

तर तीनमहिने सुइले विभिन्न खाले साइड एफेक्ट ल्याउने गरेको गुनासो गरिरहेका छन् ।

तीन महिने सुइ प्रयोग गरेकाहरुले यसबाट हुने विभिन्न खाले साइड एफेक्ट हुने गरेको गुनासो पोखेपछी हामीले पनि यसबारे अनुसन्धान गरेका थियौं । नेपालमा मात्र होइन विदेशमा पनि डाक्टरहरुले सकेसम्म यो सुइ प्रयोग नगर्न सल्लाह दिने रहेछन् ।

महिलाको स्वास्थ्य र त्यसमा पनि गर्वाधारण सम्बन्धि विश्वचर्चित अनलाइन मिरेना डटकमले पनि यस औषधिको प्रयोगबाट हुने हानी वा साइड एफेक्टका बारेमा आफ्नो वेवसाइटमा स्पष्टसँग लेखेको छ ।

के के हुन्छन् त साइड एफेक्ट ?

मिरेना डटकमका अनुसार यो सुइको प्रयोगले धेरै खालका साइड एफेक्टहरु देखिन्छन् ।

१. तीन महिने सुइको प्रयोगले महिलामा मोटोपाना आउन सक्छ । सुइभित्र हुने विशेष तत्वका कारण मोटोपाना आउँछ । स;गीनी सुइ लगाएर फर्सी, काँक्रो, खर्बुजा लगायतलाइ छिटो ठुलो बनाएर बेच्ने गरेको तथ्य यसअघि धेरैपटक सार्वजनिक भइसकेका छन् ।

यो सुइको प्रयोगले ओठ, अनुहार, वा जिब्रो सुण्डीने समस्यासमेत निम्त्याउन सक्छ । यो सुइको प्रयोगले विभिन्न खाले छालाका रोगहरुपनि ल्याउन सक्छ ।

२. महिनावारीमा समस्या देखिन्छ । यो सुइको प्रयोगले कहिलेकाहीं ६ महिनासम्मपनि मासिक स्राव नहुन सक्छ । यसले गर्दा महिलाहरुको समग्र स्वास्थ्यमा असर गर्छ । यो सुइको प्रयोगले स्तन क्यान्सरसम्मपनि हुन सक्छ । विशेषगरी युवा अवस्थाका महिलाहरुमा यो सुइको प्रयोगले स्तन क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । यसले शरीरको हड्डीमा पनि असर गर्न सक्छ । यसले हड्डीसँग सम्बन्धित विभिन्न रोगहरुपनि ल्याउन सक्छ ।

३. यो सुइको प्रयोगले १०० % गर्वधारण रोक्छ भन्ने नै छैन । यसअघि संगीनी सुइ प्रयोग गरेका तर गर्व बसेका उदाहरणहरु धेरै छन् । यसो त प्रेसरका बिरामीहरुलाई यो सुइले झनै असर गर्ने डाक्टरहरुको सुझाव छ । यसले मांशपेशीहरुलाई अनावश्यक मोटो वा दह्रो बनाउने गरेको छ । खसी बलियो बनाउन संगीनी सुइको प्रयोग गरिएको समाचार यसअघि नै विभिन्न पत्रपत्रिकाहरुले प्रकाशित गरिसकेका छन् ।

डाक्टर भन्छन्, सकेसम्म प्रयोग नगरेको राम्रो

यता विभिन्न डाक्टरहरुले भने संगीनी सुइ सकेसम्म प्रयोग नगरेको राम्रो भएको बताएका छन् । काठमाडौँको कोटेश्वर, बानेश्वर लगायतका विभिन्न मेडिकल हलमा रहेका औषधि पसल सञ्चालकदेखि केहि डाक्टरहरुले नै रिस्क कम गर्ने बहानामा बढी साइड एफेक्ट हुने हुनाले संगीनी सुइ प्रयोग नगर्न सल्लाह दिने गरेका छन् ।

‘हामीले प्रयोग गर्नु हुँदैन भनेर मिडियामा भन्दा हामीलाई नै अफ्ट्यारो पर्छ । मेरो नाम नखुलाउने हो भने म स्पष्ट भन्छु कि संगीनी सुइ प्रयोग गर्नु कुनैपनि हिसावले ठिक छैन ।’ कोटेश्वरको एक क्लिनिकमा भेटिएका एक डाक्टरले भने । ‘संगीनी सुइ ठिक होइन । ७२ घन्टे औषधि त झन् प्रयोग गर्नु नै हुन्न । आइरन चक्की सहितका पिल्सहरु प्रयोग गर्नु केहि हदसम्म ठिक हो । परिवार नियोजनको अस्थाई साधनको हकमा स्वास्थ्यका हिसावले कन्डमभन्दा राम्रो विकल्प केहि हुन्न ।’ उनले भने ।

अरु देशका डाक्टरहरुले त यो सुइ प्रयोग गर्ने नहुनेसमेत सल्लाह दिने गरेका छन् । विभिन्न डाक्टरहरुले आफ्नो ब्लगमा यो औषधि प्रयोग नगर्न सल्लाह दिएका प्रशस्त उदाहरणहरु इन्टरनेटमा पाइने गरेका छन् ।

के भन्छ नेपाल सीआरएस कम्पनी ?

नेपाल सीआरएस कम्पनीले संगीनी सुइ नामक तीन महिने सुइ नेपालमा वितरण गर्ने गरेको छ । कम्पनीले मोटो रकम खर्च गरेर यसबारे प्रचारपनि गरिरहेको छ । तर प्रचारमा कतै पनि उसले यसको साइड एफेक्टबारे बोलेको छैन । संगीनी सुइको प्रयोगले तीन महिना ढुक्क गर्वधारण नहुने भन्दै प्रचार-प्रसार बिगत लामो समयदेखि गरिंदै आएको भएपनि पछिल्लो समय संगीनी सुइ प्रयोग गरेका धेरै महिलाहरुले यसबारे गुनासो पोख्न थालेपछि डाक्टरहरुले नै सकेसम्म संगीनी सुइ प्रयोग नगर्न सल्लाह दिइरहेका छन् ।

यसबारे बुझ्न हामीले नेपाल सीआरएस कम्पनीमा सम्पर्क गरेका थियौं । कम्पनीका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै केहि साइड एफेक्ट हुने भएपनि स्वास्थ्यलाईनै प्रतिकुल असर गर्ने केहिपनि नहुने दावी गरेकि छिन । ‘महिलाको स्वास्थ्य हेरेर केहि साइड एफेक्ट हुनु वा त्यसखाले लक्षण देखिनु स्वाभाविक हो । तर स्वास्थ्यका हिसावले संगीनी सुइ सुरक्षित छ ।’ उनले भनिन् ।

सीआर एस कम्पनीले परिवार नियोजनमा आफ्नो कम्पनीले ठुलो योगदान दिएको कुरामा कुनै दुइमत छैन । तर विभिन्न अस्थाई साधनको प्रयोगबाट हुने साइड एफेक्टबारे नबोल्दा प्रयोगकर्ताहरुको गुनासो आउने क्रम बढेको छ भने कम्पनीले यसको साइड एफेक्टका बारेमा किन बोलेन भन्ने ठुलो प्रश्न चिन्ह उठेको छ ।

यो पनि पढ्नुस 

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।