आज शक्तिशाली हुरीबताससहित वर्षा हुने, सतर्क रहन आग्रह

केही समययता नेपालको मौसम बिग्रँदै गएको छ । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले नेपालमा हुरीबताससहित वर्षा हुँदै आएको छ ।

यसपटक अन्य वर्षको तुलनामा धेरै असिना पानी, चट्याङ र हुरी चलेको छ । बुधबार साँझ देशभर शक्तिशाली हुरीबतास चलेको थियो । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा आज बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।

बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सञ्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा असिना पनि पर्ने अनुमान गरिएको छ ।

बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले बिहीबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।