चन्द्र-सूर्य अंकित झण्डासहित नेपाल अन्तरिक्ष युगमा प्रवेश, नेपालकाे पहिलाे भू-उपग्रह यसरी भयाे प्रक्षेपण

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह प्रक्षेपण गरेकाे छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २:३१ बजे अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

उक्त स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेका थिए ।

स्पेश इन्जिनियरिङमा पीएचडी गरिरहेकाका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको स्याटेलाइटलाई NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएकाे छ ।

योसँगै नेपाल पहिलाेपटक अन्तरिक्ष युगमा प्रवेश गरेकाे छ । उक्त भूउपग्रहमा नेपालको चन्द्र-सूर्य अंकित झण्डाका साथै नाष्टको प्रतीकचिह्नसमेत अंकित गरिएकाे छ ।

यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालले जानकारी दिए ।

बिहीबार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको छ।

बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो। नेपलसँगै श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ ।

भूउपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।

नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ करिब एक किलो तीन सय ग्राम रहेको छ । यसमा नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।

उक्त भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ ।नेपालसहित श्रीलंका, जापान तीन वटा नानो स्याटेलाइटको अतिरिक्त अन्तरीक्षक केन्द्रको प्रयोगशाला समग्री गरी ३ हजार ४ सय ५० किलो कार्गो रहेको छ ।

नेपाल सरकारले लगानी गरेकाेले नेपालीस्याट- १ अन्तरिक्षमा प्रक्षेपण गर्न सफल भएकाे मास्केले बताए । पहिलाे प्रक्षेपण भएकाले नेपाललाई आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती रहेकाे पनि उनले बताए ।

नेपालले २०७४ साल माघ ३ गते क्यटेकसँग सम्झौता गरी आफ्नो भूउपग्रह निर्माण कार्य अगाडि बढाएको थियो ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।