कालिन्चोक भगवतीको दर्शन स्वरूप शेयर गर्दै यो साताको साप्ताहिक राशीफल हेर्नुस !!
March 23, 2019SpnewsसमाचारComments Off on कालिन्चोक भगवतीको दर्शन स्वरूप शेयर गर्दै यो साताको साप्ताहिक राशीफल हेर्नुस !!
मेष
मेषः– शनिबार र आइतबारको समयले साथ दिने देखिन्छ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् । बाह्य व्यक्तिको भरमा काम नगर्नु होला । वैदेशिक कार्य योजनाले मुर्त रुप लिनेछ । नयाँ रोजगारीको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सोमबार र मंगलबार बढि प्रतिकुल देखिन्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक समस्या झेल्नु पर्नेछ । समय र धनको दुरुपयोग हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । बुधबार मध्यान्हबाट समयमा विस्तारै सुधार आउनेछ ।
बृष
वृषः– बुधबार मध्यान्ह सम्म समयले साथ दिनेछ । केहि उपलब्धि पूर्ण काम हुनेछन् । शनिबार र आईतबार बढि संघर्ष गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ । अरुको भर परेर काम भने नगर्नु होला । सोमबार र मंगलबार समय बढि अनुकुल हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अवरुद्ध काम सम्पादन हुनेछन् । सहयोगी हात भेटिने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो अम्दानी गर्न सफल हुनुहुनेछ । विहिबार र शुक्रबारको दिन प्रतिकुल देखिन्छ । कारोवार गर्दा सतर्क रहनु होला ।
मिथुन
मिथुनः–शुरुमा अलमल बढि हुनेछ । समयको महत्व वुझेर अगाडि बढ्नु होला । सहज रुपमा काम गर्ने वातावरण बन्ने छैन । विरोधीको सामना गर्नु पर्नेछ । खर्चले डाडो काट्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् सतर्क भई अगाडि बढ्नु होला । जोखिमपूर्ण काममा हात नहाल्नु होला । मंगलबार देखि समयमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै पहलमा महत्वपूर्ण काम हुनेछन् । नयाँ कामको खोजी हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सुख शान्ति मिल्नेछ
कर्कट
कर्कटः– शनिवार र रविबार पारिवारिक समस्या बढ्ने देखिन्छ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । आफुमा भएको उर्जा अरुकोलागि प्रयोग हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । शरीरिक एवं मानसिक थकान बढि हुनेछ । खर्च बढ्नेछ । उपलब्धिका काम कम हुनेछन् । मनमा शान्ति मिल्ने छैन । सोमबार र मंगलबार अलमलमा नपरि काम गर्नु होला नत्र अवसर फुत्किनेछ । बुधबार मध्यान्हबाट समयमा सामान्य सुधार आउनेछ । तर सहज रुपमा काम गर्न सकिनेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।
सिंह
सिंहः– साता मिश्रित फलदायि छ । आइतबार र सोमबारको समय थोरै अनुकुल देखिन्छ । प्रयत्न गर्दा धेरै काममा सफलता मिल्नेछ, केहि नयाँ काम हुनेछन् । सुखद् समाचार सुन्न पाइनेछ । मित्रहरु भेटिने छन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । शेष दिन त्यति अनुकुल देखिन्न । घरयासी खर्च बढ्नेछ । श्रमको मूल्य लिन निकै प्रयत्न गर्नु पर्नेछ । विश्वास गरेकाले धोका दिनेछन् । बन्न लागेका काम पनि विग्रिने छन् । आलोचना सहनु पर्ला ।
कन्या
कन्याः– बुधबार मध्यान्ह सम्म समयले साथ दिनेछ । उपलब्धिपूर्ण काम हुनेछन् । सवैलाई आफ्नो ठानेर काम गर्नु भयो भने धोका खानु हुनेछ । संयमित भएर काम गर्नु होला धेरै ठाँउमा सफलता मिल्नेछ । सहज र सरल तरिकाबाट काम बन्नेछन् । शिर झुकाएर काम गर्नु पर्ने छैन । बुधबार अपरान्ह बाट समयले समयले साथ दिने छैन । पारिवारिक समस्या बढ्ने देखिन्छ । आर्थिक पक्ष दूर्वल बन्नेछ । व्यापारबाट आम्दानी घट्नेछ । पहिचान नभएका,व्यवहारमा नपरेका व्यक्ति सँग आर्थिक कारोवार नगर्नु होला ।
तुला
तुलाः– समग्रमा साता अनुकुल नै देखिन्छ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । सोमबार र मंगलबार भने आर्थिक कारोवार गर्दा थोरै सचेत रहनु होला । संचित धनको नास हुनसक्छ । बुधबार मध्यान्हबाट काममा प्रगति हुनेछ । अबरुद्ध काम बन्ने छन् । इज्जत प्रतिष्ठा बढ्नेछ । सामान्य प्रयासबाट कार्य सम्पादन हुनेछन । आर्थिक तनाव घट्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । बन्धुको सहयोग मिल्नेछ
बृश्चिक
वृश्चिकः– शनिवार र आईतबार खर्च ज्यादा हुनसक्छ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । मिथ्या आरोप लाग्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । सोमबार बाट बुधबार मध्यान्ह सम्म समयले साथ दिनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । कार्र्य क्षमता बढ्नेछ । पुराना काम फस्र्योट हुनेछन् । उप्रान्त समय त्यति अनुकुल नहुन सक्छ । आफन्तबाट पराईको व्यवहार हुनेछ ।
धनु
धनुः– आय आर्जनका दृष्टिबाट शनिबार र आइतबार शुभ देखिन्छ । व्यापारबाट आम्दानी बढ्नेछ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । सोमबारबाट बुधबार मध्यान्ह सम्म समयले साथ दिने छैन । आम्दानीको तुलनामा खर्च बढि हुनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । शेष समय अनुकुल बन्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । रोकिएका काम बन्नेछन् । सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । उच्च व्यक्तित्व सँग भेट हुदा आत्म सन्तुष्टि मिल्नेछ ।
मकर
मकरः– शनिबार र आईतबार पुराना काम फस्र्योट हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । सोमबार बाट बुधबार मध्यान्हसम्म समय आय आर्जनका दृष्टिले महत्व पूर्ण रहनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । विदेश यात्राको योग पनि देखिन्छ । शेष समय कम अनुकुल देखिन्छ । खर्चमा तिव्रता आउनेछ । अनावस्यक काममा श्रम र धन लगानी हुनसक्छ । काम गरेर जश पाईने छैन । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । लेनदेन कारोबारमा समस्या आउनेछ । स्वास्थ्यमा लगानी बढ्नेछ ।
कुम्भ
कुम्भः– समग्रमा साता सुखद रहनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । विगतमा गर्न नसकेका काम हुनेछन् । पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । इष्टमित्र साथि भाईबाट सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । आर्थिक उन्नति सन्तोषजनक नै रहनेछ । उद्योग धन्दा बन्द व्यापारबाट मुनाफा राम्रै हुनेछ । मिलेर र हेलचक्र्याई गरेर काम नगर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ ।
मीन
मिनः– साताको प्ररम्भ प्रतिकुल देखिन्छ नयाँ काममा हात नहाल्नु होला । अनावस्यक झै झमेला आई लाग्ने देखिन्छ । फजुल खर्च बढ्नेछ । चोटपटको भय पनि देखिन्छ । व्यापार व्यवसायमा समस्या आउनेछ । आत्मविश्वास घट्नेछ । मनमा शान्ति मिल्ने छैन । सोमबार देखि भने समयमा क्रमिक सुधार आउनेछ । धर्म कर्म तिर मन जानेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । नोकरी तथा राजनीति एवं शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । सहयोगी भेटिने छन् ।
यो पनि पढ्नुस
जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।
अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।
सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।
पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।
यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।
त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।
आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी
January 6, 2019SpnewsसमाचारComments Off on कालिन्चोक भगवतीको दर्शन गरी पौष २२ गते सोमबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि दिन पर्खनुहोला । आर्थिक अभावले कामहरु रोकिने तथा समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवारमा तथा पति पत्नि बिच […]