दोलखा भीमसेनको दर्शन गरी फागुन ६ गते सोमबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: अरूका लागि अल्झनुपर्दा लक्ष्य प्राप्तिमा बाधा होला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। प्रारम्भ संघर्षपूर्ण रहे पनि अन्तिम नतिजा राम्रो हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह : समयमै गम्भीर नबन्दा समस्या थपिएला। तापनि मिहिनेत गर्दा प्रतिफल अवश्यै प्राप्त हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याले परिस्थितिसँग जुध्न सिकाउनेछ। काममा श्रम अनुसारको मूल्य प्राप्त हुनेछ। जिम्मेवारी थपिए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो : अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद् रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे : परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो : प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले आफ्ना सामानमा दाबी गर्न सक्छन्। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते : साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताउनेछ भने बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट पनि थोरै फाइदा हुन सक्छ। काममा आमाको मार्गदर्शन लाभदायक रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु : साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे : नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। मिहिनेत परे पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। हल्लाको भर पर्दा दु:ख पाइनेछ। अर्थ अभावले सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि : विभिन्न अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति टिप्पणी गर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक सहयोगले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द : आफ्नै बेहोसीले नोक्सान पुर्याउला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि  : मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।

यो पनि पढ्नुस

हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।

दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।

मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।