नर्सले कागजमा यस्तो लेखेर उपचार को जानकारी दिएपछि बिरामी नै भए बेहोस

चीनमा अंग्रेजी भाषा बोल्न नजान्ने एकजना नर्सले अस्पतालमा एक विदेशी विरामीका लागि यस्तो मेसेज लेखेर छाडीन कि त्यो देख्दा विरामी झण्डै बेहोस् हुनपुग्यो ।

चीनमा अध्ययनरत एकजना विदेशी विद्यार्थी विरामी परेपछि एउटा अस्पतालमा भर्ना भए पछी अस्पतालमा उक्त विरामीको उपचार ड्युटीमा एकजना यस्ती नर्स खटिइन् जसलाई अंग्रेजी भाषा बोल्न आउँदैनथ्यो ।

तर विरामीलाई उसको रोग, औषधि तथा आगामी उपचार लागयतका विषयमा जानकारी दिनैपर्दथ्यो । त्यस्तो जानकारी दिनका लागि ती नर्सले यस्तो उपाय अपनाइन् जुन निकै अनौठो छ ।

उनले आफ्नो कलाको प्रयोग गरी उक्त विरामीलाई चित्रको माध्यमद्वारा एक सन्देश लेखिन् । उक्त चित्रात्मक सन्देशलाई उनले सोसल मिडियामा पनि शेयर गरिन् । उनको त्यो पोष्ट इन्टरनेटमा निकै भाइरल बनेको छ ।

नर्सको त्यो सन्देश हेर्दा उनले भन्न खोजेको कुरा प्रष्ट बुझिन्छ । भोलि बिहान ८ बजे विरामीको शल्यक्रिया गर्नुपर्नेछ । त्यसकारण आजको रात १० बजेपछि खाना नखानु र पानी नपिउनु भन्ने सन्देश त्यसमा रहेको छ ।

उनले त्यो सन्देशको चित्रात्मक प्रस्तूतीकरण यति रोचक ढंगले गरेकी छिन् कि मानिसहरु सोसल मिडियामा प्रतिक्रिया नदिइरहन सकेनन् । एजेन्सी

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी