‘ड्याम ड्याम सूर्यमा भोट लगाएका हरुलाई बेकार लगाइएछ भन्ने भा छ !’- गगन थापा (भिडियो)

नेपाली कांग्रेसका सांसद गगन थापाको आक्रामक स्वभाव र तर्कसङ्गत सटीक भाषणले बलियो हैसियतको सत्ता पक्षलाई बेलाबेलामा आच्छुआच्छु पार्छ। चुनावी नतिजाबाट कमजोर प्रतिपक्षीमा खुम्चिएको दल कांग्रेसलाई प्रतिनिधि सभा बैठकमा गगनको गर्जन मात्रैले पनि शक्तिशाली हैसियतमा उभ्याउँछ।

गगनले राख्ने विषयमा तर्क र तथ्यको आड रहन्छ र प्रस्तुती तेजिलो हुन्छ। त्यसैले उनका अभिव्यक्ति कांग्रेसजन लाई स्वादिलो लाग्छ भने इतरलाई पेचिलो लाग्छ।

प्रतिपक्षीका आलोचना र आरोपलाई ठाडै नकार्ने वा ‘इग्नोर’ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव नै बनेको आरोप छ। तर प्रतिपक्षीबाट बेलाबखतमा आउने शसक्त स्वरका अगाडि प्रधानमन्त्रीको पनि जोर चल्दैन। प्रतिपक्षीबाट आउने ‘गगन गर्जन’का अगाडि सत्ता पक्ष लाचार हुनुपर्ने अवस्था बनिदिन्छ।

दायाँबायाँ गर्न लागेको सरकारलाई ‘ठेगान लगाउने’ प्रतिपक्षी तप्काको अग्रमोर्चामा सँधै खडा देखिन्छन् उनै गगन।

उनै गगन प्रतिनिधि सभाका पछिल्ला बैठकहरूमा निकै तनावपूर्ण देखिए। एकहदमा यो पनि भन्न सकिन्छ कि गगनकै कारण पनि बैठक थप तनावपूर्ण बन्यो।

विद्यार्थी राजनीति हुँदै ६२-६३ को जनआन्दोलनताका विरोध र प्रदर्शनहरूमा अग्रमोर्चामा उभिएर ढुंगामुढा गरेका उनै सशक्त युवा नेता गगन संसद बैठकमा पनि अवतरित देखिए। सबैभन्दा पहिले आफ्नो सिटबाट उठेर सभामुखलाई काउन्टर दिन उनी अघि बढे।

टेबुल ठोक्दै रिसको झोँकमा उनी सबैभन्दा हुत्तिएर वेल घेर्न अगाडि पुगेका थिए।

संसदमा पोखिएको त्यो आवेग, प्रतिपक्षी अनुभव, सरकारको मूल्यांकन, प्रधानमन्त्रीमाथिको टिप्पणी र समसामयिक सन्दर्भ समेटिएको गगनथापासँग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी