उपचार गर्न आर्थिक अभावले डोरीले बाँधिएको अवस्थामा जीवन बिताउदै बालक, सक्दाे शेयर गरेर उद्दारमा सहयाेग गर्नुहाेस

झापाका बुद्धशान्ति ४ हापेन चोकका एक बालक लामो समय देखि खाटमा डोरीले बाँधिएर जीवन बिताईरहेका छन ।

शारीरिक रुपले हिँडडुल गर्न समेत नसक्ने १२ बर्षिय आइतराज लिम्बुको उपाचारका लागि आर्थिक अभावका कारण उनी पशु सरहको जिवन बिताउन बाध्य भएका छन् ।

आर्थिक अवस्था अत्यन्त न्युन रहेको लिम्बु परिवार स्थानीय बगान क्षेत्रमा मजदुरी गरेर जिविका चलाउँदै आएका छन् ।

७ जनाको परिवार रहेको सो लिम्बु परिवार ताप्लेजुङ्गबाट २०५१ साल मोरङ्ग बसाईुसरी आएका र त्यपछि २०७३ सालमा बुद्धशान्ती ६ को हापेन चोकमा सडकको छेउमा रहेको एक घरमा भाडामा बस्दै आएका छन ।

सुरुमा देवा लाग्यो भनेर झारफुक गरेको तर ठिक नभएको उनका बुबा मिलनले बताए । पछिल्लो समयमा डाक्टरबाट नसामा समस्या भन्ने कुरा आएको छ । तर उपचार गर्न पैसा नभएको उनको गुनसो छ ।

बालकको आमा सुनिताले आर्थिक अवस्था राम्रो भएको भए छोराको उपचार गर्न सकिने बताइन् ।

हेर्नुस भिडियो :

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी