गायिका भुमिका गिरीले कृष्णलाई गरिन ५० हजार आर्थीक सहयोग

काठमाडौँ : सबैलाई नचाउने र सबैलाई हसाउने गायिका भुमिका गिरीले आज सबैलाई भावुक बनाएकी छन । पछिल्लो समय युटुवमा भाइरल बनेका कृष्ण ओलीको जोडीलाई सहयोग स्वरुप रु पचास हजार हस्तान्तरण गरेर प्रशंसाको पात्र बनेकी छन ।

उनले आज आफ्नो सामाजिक सञ्जाल मार्फत सहयोग गरेको जानकारी दिएकी छन । दुर्घनामा परि दुवै हात गुमाएका कृष्ण ओलीको कृतिम हात राख्नको लागि आर्थीक अभाव भएको समाचार बाहिरीएका थिए ।

आफुले सहयोग गर्न पाँउदा खुसि लागेको गिरीले जानकारी दिइन । सहयोग रकम हस्तान्तरण गर्ने बेलामा उनीहरुको पिडा देखेर भुमिकाले भक्कानीएर रोएकी थिइन ।