मैले सेक्स नगरेको धेरै वर्ष भयो ! मेरो ब्वाईफ्रेण्ड बाहिर छ – सोनीका रोकाया

सेक्स के हो ?

दुई आत्माको मिलन । यो जोसँग पनि हुँदैन । पैसा तिरेर या लिएर हुने सेक्समा दुःखाई हुन्छ तर मन मिलेर गरेको सेक्समा छुट्टै आनन्द हुन्छ ।

अनुभव त छ नि ?

हाँस्दै छैन, अहिलेसम्म भर्जिन हो नि एकछिन सोचेर तपाईंलाई के लाग्छ ? यदि तपाईंको सोचाइमा ‘छ’ भन्ने लाग्छ भने लिएको छ, छैन भन्ने लाग्छ भने लिएको छैन । यसको जवाफ तपाईंलाई छोडिदिएँ ।

कस्तो पुरुष सेक्सी लाग्छ ?

मभन्दा ५÷१० वर्ष जेठो मान्छे नै मनपर्छ । अनुभवी पनि हुन्छन्, बुझकी पनि । मलाई आकर्षक लुक्सले छिट्टो आकर्षण गर्छ ।

सेक्ससम्बन्धी ज्ञान कसरी लिनुहुन्छ ?

म एभ्री नाइट सुत्नुअघि पोर्न मुभी हेर्छु ल, यो सत्यता खुलाइदिएँ यो नहेरी मलाई निन्द्रा आउँदैन । त्यसपछि जोडले हाँसिन् ।

ड्रिम ब्वाय कोही छ, जोसँग सेक्सको इच्छा छ ?

छैन इच्छा भन्ने कुरा जोसँग पनि जाग्दैन एक रातका लागि सम्झौता गरिने सेक्सलाई प्रेम भनिँदैन सेक्स भनेको त प्रेम हो नि यो त मन परेको मान्छेसँग नै हुन्छ । एक रात सम्झौता गर्दा फँसिएला के थाहा, त्यो मान्छे रोगी पनि हुन सक्छ नि भोलिपल्ट एचआइभी लाग्यो भने त लाइफ ध्वस्त भइहाल्छ नि १

सेक्समा स्थानले कत्तिको महत्व राख्छ ?

अवश्य राख्छ ब्याकग्राउन्डमा रोमान्टिक गीत बजिरहेको होस् । अझै स्विमिङ पुल होस् । यसको मज्जा नै छुट्टै

तपाईं सेलिब्रिटीलाई इन्टरभ्यु लिँदा सेक्ससम्बन्धी प्रश्न खुलेर गर्नुहुन्छ कतिको लजाउँछन् सेलिब्रिटीहरु ?

कोही लजाउँछन् । यो सब समाजको संकुचित सोचको कारण हो । तर मेरो सोध्ने तरिकै यस्तो छ कि धेरै मान्छे रिसाउँदैनन् ।

तपाईं अरुलाई सोध्नुहुन्छ– सेक्स प्रस्ताव कत्तिको आउँछ मैले तपाईलाई यही प्रश्न सोधेँ भने के भन्नुहुन्छ ?

यो त कुरै नगरौं १ म कार्यक्रम चलाउँदा सेक्सलाई अप्ठेरो नमानी हल्का रुपमा प्रस्तुत गरिरहेकी हुन्छु । सेक्स विषयमा प्रश्न सोधेको देखेर होला धेरै दर्शकले अफर गर्छन् । एकपल्ट फेसबुकमा ओरिजनल फोटो नराखेको एउटा केटाले ‘म ५० हजार तिर्छु’ भनेर पैसा अफर गर्यो । मैले फेसबुकमै राखिदिएँ स्क्रिनसट । अनि त्यसले मलाई ब्लक गर्यो ।

प्रायः पुरुषले सेक्स प्रस्ताव राखेको मात्रै सुनिन्छ तपाईले राख्नु भएको छ कि छैन ?

टिन एज टाइममा राखेकी छु । केटाहरुको पर्सनालिटीले मलाई लोभ्याउँछ । यसमै त सेक्सुअल डिजाइर उत्पन्न हुन्छ तर विडम्बना मैले प्रपोज गरेको मान्छेले मलाई स्वीकारेन । मलाई प्रस्ताव गर्नेलाई मैले स्वीकारेको छैन त्यसैले होला, अहिलेसम्म सिंगल हाँस्दै सेक्समा आसनले कत्तिको अर्थ राख्छ रु ९जोडले हाँसिन्० । सन्तुष्टि ठूलो कुरा हो, त्यसपछि त आसन जस्तो भए पनि जय होस् ।

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?

सयमा दुई सय प्रतिशत छ हाँस्दै। आफू कतिको सेक्सी छु भन्ने लाग्छ रु अलिअलि छु होला, त्यसैले त अरुले हेर्छन् तर खासै छुइनँ किनभने मसँग राम्रो बम छैन हाँस्दै ।

दर्शकलाई कण्डम प्रयोगबारे प्रश्न सोध्दै हिड्नुहुन्छ आफैँ कत्तिको प्रयोग गर्नुहुन्छ ?

मैले सेक्स नगरेको कति धेरै वर्ष भयो‘ हाँस्दै आँखा झिम्काउदै अहिले मेरो ब्वायफ्रेन्ड बाहिर हुनुहुन्छ‘।

किन झुट बोलेको ?

हाँस्दै कन्डम त आवश्यक छ नि यो त सबैले प्रयोग गर्नुपर्छ ।

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?

त्यस्तो ठूलो पाप होइन । मन मिल्ने मान्छेसँग गर्न पाइन्छ । आखिर बिहेपछि पनि कहानी त्यहीँ गएर खत्तम हुने हो । यौनकर्मीसँग जानुभन्दा त गःलफ्रेन्डसँग गरेकै राम्रो नि १ बरु सेक्रेसी मेन्टेन गर्न सकिन्छ ।

समलिङ्गी सेक्सलाई कसरी लिनुहुन्छ ?

मुस्कुराउँदै तपाईंलाई थाहा छ कि नाई– म लेस्बियन हो । तपाईंले याद गर्नुभएको भए म भिडियोमा पनि बढी केटाभन्दा केटीलाई प्रायोरिटी दिइरहेकी हुन्छु । सुन्दा भद्दा सुनिएला तर मलाई केटाभन्दा केटीमै बढी फिलिङ्स आउँछ । सिरियस्ली भनिरहेकी छु । त्यसैले म घरी ब्वाइफ्रेन्ड उता छ, घरी यता छ भनेर गफ दिइरहेकी हुन्छु । एकपल्ट मलेसिया कार्यक्रमका लागि जाँदा रमाइलो अनुभव छ ।

मलेसियाको बार डान्समा थियौं । एउटा राम्री केटी देखेकी, हेरेको हेरै भएँ । मेरो एक जना दाइ पनि हेरेको हेर्यै हुनुभयो । त्यो केटीले मलाई युट्युबमा देखेकी रैछ, चिनिहाली । मैले उसलाई पैसा दिएँ । ऊसँगै नाचेँ । कानमा सुटुक्कै प्रस्ताव गरेँ, ‘मलाई केटीहरु मनपर्छ । तिमी एकदमै मनपर्यो । विल यु बी माई गर्लफ्रेन्ड ’ यो कुरा नपत्याए, प्रिती आले गायिकालाई पनि सोध्न सक्नुहुन्छ, मसँगै हुनुहुन्थ्यो । त्यसपछि हामी फेसबुकमा कनेक्ट भयौं । हेरौं, अब भविष्यमा के हुन्छ

अब यो कुरा पढेपछि तपाईंका केटा फ्यान घट्ने भए नि ?

नाइँ, पर्दैन हाँस्दै क्षमता छ भने ट्राइ गरे हुन्छ, जे पनि हुनसक्छ ।

भनेपछि समलिङ्गी सेक्सको अनुभव पनि होला ?

छ ला‘यसो भन्दा मलाई लाइक गर्ने कति केटा मान्छे अब ढल्ने भएँ हाँस्दै । तर म त्यसो नर्गुस् भन्छु । ट्राइ गर्नुस् । मैले सन्तुष्टि लिन नसके पनि दिन त सक्छु, प्रिय हाँस्दै ।

यति ओपन्ली भन्दा समाजको डर लाग्दैन ?

समयसँगै समाज परिवर्तन हुनुपर्छ, भइरहेकै छ । हिजो जस्तो लुगा लाउन पाँइदैनथ्यो, अहिले त्यो सिम्पल भइसकेको छ । आज मैले सेक्ससम्बन्धी गफ खुलेर गर्दा गाली खाउँली तर भोलिको पुस्ताले खुलेर कुरा गर्न पाउँछ ।

हो, म सुरुवाती फेज सानैबाटै यस्तो हो । होस्टेल लाइफमा पनि टम ब्वाई तरिकाले हिँडे । स्कुलमा केटीहरुलाई कसैले जिस्काउँदा म रक्षक हुन्थें, केटाहरुलाई थर्काइदिन्थेँ । बढी संगत मेरो केटीसँगै भयो । होस्टेलमा पनि केटी, स्कुलमा पनि केटी नै । बझाङजस्तो विकट ठाउँको मान्छे, जहाँ केटा मान्छेसँग बोल्नु, हिँड्नु भनेको पाप मानिन्थ्यो । बाउआमाको इज्जतको सवाल उठ्थ्यो ।

त्यही त, त्यसरी हुर्किएको मान्छे कसरी यति ओपन हुन सकेको ?

म आफैँ भगवानलाई सोध्छु, ‘ह्वाट इज रङ विथ मी १’ म किन आफूलाई कन्ट्रोल गर्न सक्दिनँ रु ड्याडी–ममीले पनि यसरी खुलेर कुरा नगर भन्नुहुन्छ । तर म समयअनुसार हिँड्नुपर्छ भन्छु । जिन्दगी आफ्नो तरिकाले बाँच्नुपर्छ भन्ने लाग्छ ।

नागरिक शुक्रबार बाट

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी