भारतीयहरुको दादागिरी: नेपालगञ्ज नाका बन्द गर्ने चेतावनी

नेपालगञ्जका सीमावर्ती भारतीयहरुले नेपालगञ्जस्थित रुपैडिया नाका बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपालले भारतीय भूमिबाट नेपाल आउने दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाएपछि आक्रोशित सीमावर्ती स्थानीयहरुले बाँकेका भन्सार कार्यालयमा प्रमुख शान्तिराम निरौलालार्ई ज्ञापनपत्र बुझाउँदै त्यस्तो चेतावनी दिएका हुन् ।

भारतबाट नेपाल भित्रने दुध गुणस्तरहीन भएको गुनासो बढेपछि बिहीबारदेखि नेपालले आयातमा कडाई गरेको थियो ।

नेपालले दुध परीक्षण गरेर ५ प्रतिशत भन्सार तिरेपछि मात्र नेपालमा दुध प्रवेश गर्न दिन थालेपछि उनीहरुले दिदिनै दुध परीक्षण गराउन र भन्सार तिर्न नसक्ने बताउँदै आएका छन् ।

उता नेपाली पक्षले भने भारतबाट दुध आयातमा कडाई गर्ने कार्यायको निर्णयको सगत गरेका छन् । उनीहरुले ५ प्रतिशत भन्सारले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बन्न सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी