पृथ्वी जयन्तीकै दिनमा पृथ्वीनारायणको पुत्ला कसले जलायो ? (भिडियो सहित)

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन्। राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित भएका थिए ।

तर आदिवासी जनजाति हरुले भने कीर्तिपुरमा राजा पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेका थियो । खासगरी जनजाती सम्बन्ध समूह भने पृथ्वीनारायण शाहलाई सामन्तवादी र क्रुर शासक भन्दै विरोधमा उत्रिने गरेको छ । हरेक बर्ष झैँ यसपाली पनि उनीहरुले पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखे प्रहरीले हस्तक्षेप गरेको छ ।

चर्का जातीय नारा उचाल्दै आउने मध्ये एक हुन – आङकाजी शेर्पा । प्राय हिन्दु धर्मावलम्बी तथा क्षेत्री ब्राह्मण समुदाय प्रति विष वमन गर्दै आइरहेका आङकाजी आज सरकारले मनाउने पृथ्वी जयन्ती प्रति पनि आक्रामक नै देखिएका छन् ।

उनले विहानै फेसबुकमा राखेको स्टाटस पृथ्वी जयन्ती मनाइरहेकालाई आक्रोसित बनाउने किशिमको रहेको छ । उनले फेसबुकबाट पृथ्वीनारायण शाहको निन्दा गर्दै काठमाडौँको कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई थुक्ने कार्यत्रममा सहभागी हुन् पनि अनुरोध गरेको थियो ।

उनले कीर्तिपुर नगाउँ जाने दाेबाटाे मा दिउसो  २ बजे पृथ्वीनारायणलाई थुक्ने भन्दै आफ्नो फेसबुकमा स्टाटस राखेका थिए । उनले यो स्टाटस राखे लगत्तै उनको पक्ष र विपक्षमा कैयौले प्रतिक्रिया दिएका छन् ।

त्यसै गरि पृथ्वी जयन्ती को बिरोधिहरुले पृथ्वीनारायण शाहको पुत्ला समेत जलाएको भिडियो पनि एकाएक भाइरल भएको छ । उक्त भिडियो कहिले र कहाको भनेर उल्लेख नभए पनि अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियो 

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी