बालबालिकाको अध्ययन गृहलाई रबि ओडको पहिलो आर्थिक सहयोग (भिडियो)

जापान टुरबाट स्वदेश फर्किएका नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओडलाई आफ्नो गृह क्षेत्रमा भव्य स्वागत गरिएको छ। नेपाल आइडल बनेपछि रवि दोश्रो पटक आफ्नो गृह क्षेत्रमा पुगेका हुन्।

पहिलो साङ्गीतिक प्रस्तुतिको लागि जापान पुगेको नेपाल आइडल सिजन २ का टप ५ प्रतियोगीहरू मङ्गलबार नेपाल फर्केका हुन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका थिए।

जापानमा रहँदा उनीहरूले फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिएका थिए।जापानबाट फर्के लगतै दोस्रो नेपाल आइडल रबि ओड गृहजिल्ला पुगेका छन् । जिल्लास्थित बिभिन्ना कार्यक्रममा आफुँलाई भोट गर्ने आफ्ना समर्थक दर्शकलाई धन्यवाद दिँईरहेका छन ।

रविले आइडल बनेपछि पहिलो पटक कैलालीको लम्कीमा निर्माणाधीन नमुना अध्ययन गृहलाई ३० हजार सहयोग समेत गरेका छन् ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी