भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ : भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ ।

चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए ।

उमेर सानै भए पनि मिठो स्वर भएकि समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए ।

रिलिज भएको उक्त नयाँ गीत“वनमा काफल पाक्यो”मा समिक्षाले आवाज दिएकि छिन् जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन् । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।

गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी