‘पृथ्वीनारायण छदै थिएनन्, इतिहास झुटो हो’ – मुकुन्दे

नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गरेका छन् ।

भोजपुर घर भई हाल काठमाडौँमा बसेर दिनदिनै राजनैतिक चर्चा परिचर्चा गर्ने उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका हुन् भने भ्रम छर्ने कार्य मात्र भएको टिप्पणी गरेका छन् । सन् १९५० को सन्धीबाट ग्रेट ब्रिटेन टुक्रेर नेपाल भएको उनले बताए ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाह भनिन्छ तर राष्ट्रपिता त्रिभुवन रे यसैमा कुरा बाझेको छ –उनले भने पुराना अधिकांश घटना र प्रमाण हेर्दा पक्कै पनि शाहले त्यति लामो समयदेखि योगदान दिएजस्तो लाग्दैन । राष्ट्रपिता र राष्ट्रनिर्माता अलग अलग हुनु बिबादास्पद रहेको उनले बताए । भारतका नापी विभागका महानिर्देशक सर जर्ज एभरेष्टको नाममा नै नेपालको हिमालको नाम माउन्ट एभरेष्ट रहेको उनको तर्क छ ।

इतिहासमा पृथ्वीनाराण शाहको जन्म वि.स १७७९ मा भएको उल्लेख छ र महेन्द्रको वि.सं १९७७, महेन्द्रको जन्ममितिको अंक यताउती पारेर पृथ्वीनारायणको शाहको जन्म १७७९ मा भएको भनिएको उनको तर्क छ ।

को हुन् मुकुन्दे ?

राजधानीको केन्द्रविन्दु रत्नपार्कको बारेमा थाहा भएकाहरुको लागि मुकुन्दे नयाँ नाम हैन । रत्नपार्कको एक रुखमा चढेर भाषण गरिरहेको मान्छे र उसको भाषण सुन्नलाई लालयित भएर बसेका मानिसहरू केही समयअगाडीसम्म मुकुन्दको परिचय यही नै थियो ।

तर अहिले मुकुन्देको परिचय फेरिएको छ । २२ दिन जेल बसेर २२ हजार धरौटी तिरेपछि मुकुन्दे रत्नपार्कबाट विस्थापित भएर अहिले सामाजिक सञ्जाल फेसबुकमा आएका छन् । विंसं २०३५ सालमा भोजपुरमा जन्मेका मुकुन्द घिमिरेले इन्जिनियरिङमा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका छन् ।

विआइसिसिको सरकारी जागिर छाडेर उनी एकाएक रत्नपार्कमा भाषण गर्न पुगे । ३५ वटा वसन्त काटिसक्दा पनि विवाह नगरेको मुकुन्द राजधानीको घट्टेकुलोमा बसोबास गर्दछन् ।

कतिले मुकुन्दलाई पागलको संज्ञा दिएतापनि उनमा भएको ज्ञान प्रशंसा भने सबैले गर्ने गर्दछन् , के राजनीति, के धर्म के दर्शन के साहित्य के इतिहास सबैमा उनको दख्खल प्रशंसनिय रहेको छ ।

यो पनि पढ्नुस 

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी