मनकामना केवलकारमा यात्रा गर्ने डेढ करोडमध्येका एक जनाले झुन्डिएर यात्रा गरे !

यो तश्विर जसले देखेपनि अचम्मित हुन्छन् र सामाजिक संजालमा सेयर गरिदिन्छन् ।

यो तश्विर जहिले खिचिएको भएपनि गत बर्ष निकै भाइरल भएको तश्विर हो । विद्युतीय शक्तिबाट संचालित हुने मनकामना केवलकारमा झुन्डिरहेको अवस्थामा यि बृद्धको तश्विर खिचिएको थियो । तर यो तश्विर कसले खिचेको भन्ने बारे कुनै जानकारी छैन ।

केवलकार चढ्ने क्रममा भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामाझैं यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको थियो । जुन तश्विरलाई धेरै अनलाइनले भाइरल बनाईसकेका छन् ।

तश्विरलाई राम्ररी नियाल्दा यी व्यक्ति मनकामना दर्शन गरेपछि कुरिनटारतर्फ फर्कने क्रममा छन् । त्यतिबेलासम्म उनि केवलकारको ढोकामा झुण्डीरहेको देख्न सकिन्छ भने बृद्धले केवलकार छुटेको ठाउँतिर हेरिरहेको देख्न सकिन्छ ।

तस्बिर अनुसार केबलकारबाहिर झुन्डिइरहेका भक्तालु बृद्धको देब्रे खुट्टा केबलकार डब्बाको ढोकाले च्यापेको छ भने दाहिने खुट्टाले टेक्ने ठाउँ पाएको छैन । तस्बिरमा देखिएअनुसार भक्तालुले न्वारानदेखिको बल लगाएर ज्यान जोगाउन दुई हातले केबलकारको ढोकामाथि समातिरहेको देखिन्छ ।

हुनसक्छ कि उनि केवलकार भित्र पस्न खोज्दा-खोज्दै बिधुतिय ढोका बन्द भएको र उनि त्यतिकै अवस्थामा यात्रा गरेका थिए । तर यस बिषयलाई केवलकार कम्पनीले गौण राखेको छ ।

एक अनलाइन मिडियामा उल्लेख भए अनुसार यो २०६५ सालतिरको घटना हो । घटना जे भएपनि यो तश्विर निकै अचम्म लाग्दो छ । अर्को कुरा यस्तो भएन होला भन्न पनि सकिन्न किनकी केवलकारमा कुनै ड्राइभर हुँदैन र त्यहाँ रहेका केवलकारका कर्मचारी बाहेकले चाहेर केवलकार रोकिने हुँदैन ।

अनुमान लगाउने आधार के छ भने हुन सक्छ त्यतिबेला केवलकारका कर्मचारीले ति वृद्ध कुन अवस्थामा यात्रा गर्दैछन् देखेनन् र त्यतिकैमा केवलकार छुट्यो ।

कतिपयलाई यो तश्विर फोटोशप गरिएको भन्ने पनि लाग्ला तर ध्यान दिएर सबै कुराको अध्ययन् गर्ने हो भने यो सत्यतामै आधारित तश्विर हो । किनकी माथिल्लो भागमा बृद्धले समातिरहेका छन् ।

ढोका पूर्ण रुपमा लागेको छैन भने उनको खुट्टाको अघिपट्टिको पुरा भाग केवलकारभित्र छ । अर्को कुरा बृद्धको तश्विरको क्वालिटी र केवलकारको फोटो क्वालीटि एकै किसिमको छ ।

सबै अवस्था र केवलकारको ढोका पूर्ण रुपमा नलाग्नु यो तश्विरको सत्यता झल्काउने आधार हुन् । मात्र जानकारी के भएन भने यो तश्विर लिए पछी कसैले देखेर यी वृद्धको उद्दार गरे कि, उनले यतिकै यात्रा गरे वा भित्रकाले जबर्जस्ति ढोका खोलेर भित्र राखे भन्ने बारे जानकारी अहिलेसम्म गौण छ ।

वि.स. २०५५ साल मंसिर ८ गते स्थापना भएको मनकामना केवलकार नेपालकै सवैभन्दा पहिलो केवल कार हो । चितवनको चेरेसवाट शुरु भई गोरखाको मनकामनासम्म सो केवल कार पुगेको छ ।

गोरखा मनकामना मन्दिरको दर्शनगरी मनोकांक्ष पुरा गर्न चाहनेहरुका लागि यो केवलकार निकै सहयोगी बन्दै आएको छ । यसको लम्बाई ३ दशमलव शुन्य १ किलोमिटर रहेको छ ।

मनकामना केवलकारमा वार्षिक १० लाख भन्दा बढी दर्शकहरुले यात्रा गर्ने र हालसम्म झन्डै डेढ करोड भन्दा बढीले केवलकारबाट यात्रा गरिसकेको अवस्थामा एकाद माथिका जस्ता घटना हुनु सामान्य होला ।

जे होस् माथिको तश्विर सबैलाई अचम्मको लाग्ने खालको छ । अझ केवलकार चढ्नेहरुलाई यस्तै परेर यसरीनै यात्रा गर्नुपरे कस्तो अनुभव होला ?

हुनत १ बर्ष अघिसम्म काठमाडौँमा माइक्रो बस चढ्नेहरु यो भन्दा बढी गाह्रो अवस्थामा झुन्डिएर यात्रा गर्थे । ट्राफिक सक्रियता पछी हाल यस्तो त्यति देख्न सकिन्न ।

यो पनि पढ्नुस 

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।

किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएकाे कारण लिंग लाइ शिव का निराकार रूप मानीएकाे हाे तेसैले शिवकाे साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप काे पूजा गरीयकाे हाे ।

केवल शिव लाइनै निराकार लिंग काे रूप मा पूजा गरीन्छ । लिंग रूप मा समस्त ब्रह्मांड काे पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत काे मालीक मानीदै अाएकाे छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूप मा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हाे ।

वेद मा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर काे लागी हाे याे सूक्ष्म शरीर १७ तत्वों ले बनेकाे हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु. वायु पुराण काे अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुन: सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्व काे संपूर्ण ऊर्जा नै लिंग काे प्रतीक हाे ।

पौराणिक कथा अनुसार जब समुद्र मंथन काे समय सम्पुर्ण देवताहरू अमृत काे आकांक्षी थीए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष अायाे र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक अाफ्नाे कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयाे र संन्सार लाइ त बचाउनु भयाे तर समुद्र मंथन काे समय निक्लीयकाे उक्त विष ग्रहण गरेकाे कारण भगवान शिव काे शरीरमा दाह बढ्याे र त्याे दाह लाइ सान्त गर्नकाे लागी शिवलिंग मा जल चढ़ाएउने परंपरा प्रारंभ भएकाे हाे र याे आज सम्म पनी चली रहेकाे छ ।

श्री शिवमहापुराण काे सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी काे पुत्र सनत्कुमार जी वेदव्यास जी को उपदेश दिदै भन्नु हुन्छ हर गृहस्थ ले देहधारी सद्गुरू बाट दीक्षा लीएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) काे प्रतिमा काे नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबकाे मूल हाे, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन तर अरू देवता हरू प्रशन्न गरे पनी प्रभु शिव भने तृप्ति हुदैन ।

यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि काे पालनकर्ता विष्णु ले एक पटक, सृष्टि काे रचयिता ब्रह्मा काे साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) काे प्रार्थना गर्नु भयाे ‘भाेलेनाथ हजुर कसाेगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिव ले भन्नुभयाे, ‘यदि मलाइ प्रसन्न गर्ने हाे भने शिवलिंग का पूजा गर्नु । जब जब कुनै प्रकार काे संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:ख काे नाश हुन्छ ।

जब देवर्षि नारद ले श्री विष्णु लाइ श्राप दिय र पछि पश्चाताप गर्नु भयाे तब श्री विष्णु ले नारदजी लाइ पश्चाताप काे लागी शिवलिंग काे पूजा, शिवभक्तकाे सत्कार, नित्य शिवशत नाम काे जप गर्न बताउनु भयाे ।