बाहुनसँग विवाह गर्दा दुःख पाए अब दलितसँग विवाह गर्छु : मीना ढकाल

काठमाडौं । गएको केही महिना पहिले सबैंको मुखमा बसेको नाम हो मीना ढकाल, चर्चा यसकारण कि उनी चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी कुनैं समय पत्नी थिइन । उनैं चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् ।

उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् । अन्र्तवातामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन् ।

धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वतासँग र धनिसँग विवाह नगर्ने बताएकी छिन् । विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् “आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो ।

अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चाहन्छु ।” आफु भन्दा धेरै कान्छो पनि होइन ४र ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् । उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेकैसँग विवाह गर्ने बताइन् । उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् ।

उनले जात(भात, धनी(गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् । उनले भनिन्, “आफु भन्दा परिपक्वता र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ । अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।”

मीनाको उक्त कुरालाई सामाजिक सञ्जालमा खुबैं उडाउन खोजिएको छ । जनबोली

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।