कालिन्चोक भगवतीको दर्शन स्वरूप शेयर गर्दै यो साताको साप्ताहिक राशीफल हेर्नुस !!

मेषः– शनिबार थोरै काम बन्नेछन् । शनिबार अपरान्हबाट सोमबार सम्म समयले साथ दिने छैन । फजुल खर्च,विवाद बढ्न सक्छ । परभावको सम्भावना देखिन्छ । मिथ्या आरोप लाग्न सक्छ । मंगलबार र बुधवार सुखद रहनेछन । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् । इज्जत प्रतिष्ठा बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर आउनेछ । संकल्प पुरा गर्न सकिनेछ । विहिबार र शुक्रबार मध्यम देखिन्छ, धन लगानी नगर्नु होला । अरुको भर परेर काम नगर्नु होला ।

वृषः– सोमवार सम्म समयले पूर्ण साथ दिनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । पारिवारिक शुख,शान्ति मिल्नेछ । उप्रान्त बुधबार सम्म समय खराव देखिन्छ । अनावस्यक खर्च बढ्नेछ । काममा समस्या आउने देखिन्छ । झुट्टा कुराले सताउनेछ । नयाँ योजना अगाडि नबढाउनु होला । शेष साता भने उत्तम रहेकोछ । अधुरा कार्य सम्पादन हुनेछन । असहयोग गर्ने सहयोगको याचना गर्दै अगाडि आउने छन् । जीवन साथीले साथ दिनेछन् । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । फलदायी यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

मिथुनः–विहिवार विहान सम्म समय अत्यन्त राम्रो देखिन्छ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । रोकिएका अधिकाँश काम सफल हुनेछन् । सहयोगी मन भेटिने छन् । बाह्य सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । शेष दिन नकरात्मक देखिन्छ । फजुल खर्चमा अत्याधिक वृद्धि हुने देखिन्छ । अनावस्यक झै झमेला आई लाग्ने छन् । विश्वास गरेकाले धोका दिनेछन् । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः–शनिबारको दिन खराव देखिन्छ । मानसिक चिन्ता बढ्नेछ । झुट्टा कुराले सताउनेछ । फजुल खर्च वृद्धिले आर्थिक संकट पर्नेछ । रविबार देखि समय विस्तारै अनुकुल हुनेछ । धार्मिक गतिविधि बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । अधुरा योजनाहरु अगाडि बढ्ने छन् । काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । साझेदारी भन्दा एक्लौटी कामबाट बढि लाभान्वित हुनुुहुनेछ । बोलीको प्रभाव पर्नेछ । विरोधीहरु कमजोर बन्ने छन् । मुद्धा मामिलामा जीत हुनेछ ।

सिंहः– शनिबार सामान्य अनुकुल देखिन्छ । उप्रान्त सोमबार सम्म समय अत्यन्त खराव रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काम काजमा विलम्ब हुनेछ । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने छन् । चोटपटकको भय देखिन्छ । मंगलबारबाट समयमा विस्तारै सुधार आउनेछ । धर्म कर्म तिर मन जानेछ । यात्राको योजना बन्नेछ । विहिबार विहानबाट समय बढि अनुकुल हुनेछ । सामान्य प्रयासबाट धेरै काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । शैक्षिक र वैदेशिक मार्ग सफल रहलान । बाह्य सम्बन्धमा सुधार आउनेछ ।

कन्याः– सोमबार सम्म समाय सामान्य अनुकुल रहनेछ । प्रयत्न गरेमा नयाँ काम हात लाग्न सक्छ । प्रेमिकाले साथ दिने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको सम्भावना पनि देखिन्छ । उपकारी काम हुनेछन् । मंगलबार देखि भने समयले साथ दिने छैन । स्वास्थ्यमा समस्या आउनेछ । काम काजमा विलम्भ हुनेछ । बन्न लागेका काम विग्रिने छन् । विश्वास र भरोसा टुट्नेछ । आर्थिक समस्या झेल्नु पर्नेछ । राज्यबाट प्रतापिड हुनुपर्ने अवस्था आउन सक्छ । कार्य क्षमतामा ह्रास आउनेछ । धोका दिनेछन् ।

तुलाः– विहिबार विहान सम्म समय अनुकुल नै देखिन्छ । संघर्ष गर्नु परे पनि उपलब्धिले सन्तुष्टि बनाउनेछ । प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । विदेश यात्राको योग पनि देखिन्छ । मुद्धमा मामिलामा विजय हात लाग्नेछ । शेष साता प्रतिकुल देखिन्छ । लगानी अनुसारको प्रतिफल मिल्ने छैन । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । स्वास्थ्यले कम साथ दिनेछ । समस्याको जालोले घेर्नेछ । योजना अलपत्र पर्ने छन् । साझेदारले धोका दिनेछ । व्यापारमा गिरावट आउनेछ ।

वृश्चिकः– साताको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल हुनेछ । शनिबार खराव देखिन्छ । रविबार र सोमबार सामान्य अनुकुल देखिन्छ । दुविधामा नपरि,काममा विवाद नगरि अगाडि बढ्नु होला । मंगलबार देखि समय बलबान हुनेछ । गोपनिया भङ्ग नगरि काम गर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । संघर्षबाट टाढा नभाग्नु होला उपलब्धि राम्रै हात लाग्नेछ । विदेश यात्राको योग पनि देखिन्छ । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् ।

धनुः– मिश्रित फलदायि साता छ । कामलाई निरन्तरता दिनु होला । आर्थिक कारोवारमा सचेत रहनु होला । आफन्त भए पनि आन्तरिक कुरा नखोल्नु होला । सुरु त्यति अनुकुल देखिदैन,अन्त्य सुखद रहनेछ । संघर्षबाट टाढा नभाग्नु होला । अरुको भरमा मात्रै पनि काम नगर्नु होला । साताको अन्यतिर महत्वपूर्ण काम हुनेछन् । कार्य लगनसिलता बढ्नेछ । गरेका कामले फाइदा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको अवसर आउन सक्छ । पारिवारिक सुख,शान्तिमा वृद्धि हुनेछ । हेलचक्र्याईबाट टाढा बस्नु होला ।

मकरः– शनिबार आर्थिक कारोवारमा सचेत रहनुहोला । आइतबार र सोमबार साता कै अनुकुल दिन हुनेछन् । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गर्दा केहि नयाँ काम हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट अम्दानी बढ्नेछ । मंगलवार देखि समयले त्यति साथ दिने छैन । पारिवारिक खर्च बढ्नेछ । कामको स्पष्ट रेखा कोर्न सकिने छैन । विश्वास र भरोसा टुट्नेछ । घात प्रतिघातको सम्भावना देखिन्छ । लगानीमा समस्या आउनेछ । सोच विचार आफुलाई सक्रिय बनाउनु होला । साझेदारी काममा हात नहाल्नु होला ।

कुम्भः– ४ गते विहान सम्म समय अनुकुल जस्तै देखिन्छ । आर्थिक कारोवारमा ध्यान दिनु होला । उद्योग पराक्रम बढ्नेछ । गरेका काम उपलब्धिपूर्ण रहनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । शेष दिन भने प्रतिकुल रहन सक्छ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । पारिवारिक खर्च बढ्नेछ । काम गर्ने जोश जागर घट्नेछ । अरुको काम गरेर जश पाईने छैन । दिक्दारी भईनेछ ।

मिनः– शनिवारको दिन त्यति अनुकुल देखिन्न । फजुल खर्च बढ्नेछ । व्यापारमा मन्दि लाग्नेछ । लगानी गलत ठाँउमा पर्नेछ । रविबार र सोमबार काम गर्ने उत्साहा बढ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । काम गर्दा मनग्य दाम कमाउन सकिनेछ । मंगलबार र बुधबार आर्थिक कारोवारमा ध्यान दिनु होला । विहिबार विहानबाट समय पुन अनुकुल हुनेछ । आफन्तको सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । पुराना समस्या समाधान हुनेछन् । व्यापार बढ्नेछ ।